गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारजहाजको टुक्रा जाँच गरिँदै

जहाजको टुक्रा जाँच गरिँदै

August 5, 2015४५८ पटक

श्राबण २० गते ।

केहि दिन अघि हिन्द महासागरमा भेटिएका जहाजका पार्ट पूर्जाहरुको आजदेखि फ्रान्समा जाँच सुरु हुने भएको छ । गत वर्ष बेपत्ता भएको मलेसियन जहाज एमएच ३७० का टुक्रा ठानिएका ढोका तथा पखेटाको भागलाई आजदेखि प्रयोगशालामा राखेर जाँच गर्न लागिएको एजेन्सीहरुले जनाएका छन् । गत वर्ष मेलेसिया एयरलाईन्सको एमएच ३७० जहाज क्वालालम्पुरबाट बेईजिङ जाँदै गर्दा बेपत्ता भएको थियो । विमानमा चालकदलका सदस्यसहित २ सय ३९ जना सवार थिए । लामो समयसम्मको खोजी पछि जहाजको खोजी कार्य औपचारिक रुपमा बन्द गरिएको थियो । केहि समय अघि हिन्द महासागरको एक टापुमा उक्त जहाजको जस्तो लाग्ने ढोका र पखेटाको भाग फेला परेपछि उक्त जहाजको भए नभएको एकिन गर्न फ्रान्सको जहाज निर्माता कम्पनीमा पठाईएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण