गृहपृष्ठ » मुख्य समाचार, समचारमान्छे मार्ने राक्षस मारेको सम्झनामा घण्टाकर्ण पर्व मनाईंदै

मान्छे मार्ने राक्षस मारेको सम्झनामा घण्टाकर्ण पर्व मनाईंदै

August 12, 2015१८९ पटक

काठमाडौं, साउन २७ – बुधबार श्रावण कृष्ण चतुर्दशी । काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो पर्व नेवार समुदायमा महत्वका साथ मनाउने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ ।

पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ ।

बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण