गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारएक वर्षमा १४ लाख लिटर रक्सी आयात

एक वर्षमा १४ लाख लिटर रक्सी आयात

August 12, 2015२७५ पटक

२७ साउन, वीरगञ्ज । सिर्सियास्थित सुख्खा बन्दरगाह नाका हुँदै विदेशी मदिराको आयत बढेको छ । हार्ड ड्रिङ्स भनिने हृविस्की, ब्राण्डी, भोड्का जस्ता मदिरा अघिल्लो वर्षको तुलनामा कम आयात भए पनि वाइन र बियर आयात बढेको छ ।


तेस्रो मुलुकबाट यो नाका हुँदै विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा आयात हुन्छ । आर्थिक वर्ष २०७१/७२ मा नेपालले तयारी रक्सी, वाइन, बियर गरी पोहोर भन्दा बढी मदिरा आयात गरेको नागरिक दैनिकमा खबर छ ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा आएको शक्तिशाली भूकम्पपछि विदेशी मदिराको आयात घटाउने अनुमान गरिए पनि समग्र आयात ३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा १४ लाख १६ हजार ५ सय १३ लिटर मदिरा आयात भएको सुख्खा बन्दरगाह पीतत भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष १३ लाख ७२ हजार ६ सय ३३ लिटर मदिरा आयात भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण