गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारतराईका २२ जिल्लामा आजदेखि आमहड्ताल ।।

तराईका २२ जिल्लामा आजदेखि आमहड्ताल ।।

August 12, 2015२३७ पटक

२७ साउन,
सीमांकनका विषयमा विभिन्न ठाउँमा आन्दोलन जारी रहेको छ । आजदेखि थारु प्रदेशको माग गर्दै तराईका जिल्ला बन्द गरिएको छ । आजदेखि थारु संयुक्त संघर्ष समितिले तराइृका २२ जिल्लामा ६ दिने आमहडतालको घोषणा गरेको छ । थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ । कञ्चनपुरदेखि चितवनसम्मको भूभाग थारु प्रदेश हुनुपर्ने मागसहित कैलाली तथा कञ्चनपुरमा चलिरहेको थारु आन्दोलनको समर्थनमा आमहड्तालको आयोजना गरिएको केन्द्रीय संघर्ष समितिका सदस्य तथा पूर्वसभासद् इन्द्रजीत थारुले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण