गृहपृष्ठ » खेलकुद, मुख्य समाचारडि मारिया पिएसजीमा ।

डि मारिया पिएसजीमा ।

August 5, 2015४३५ पटक

श्राबण २० गते ।।
अर्जेन्टीनी स्ट्राईकर एन्जेलो डी मारिया पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्धित हुने भएका छन् । म्यानचेष्टर युनाईटेडबाट उनी पिएसजीमा ६ करोड ३० लाख युरोमा उनी अनुबन्ध हुन लागेका हुन् । पिएसजीका लागि मेडिकल रिर्पोट बनाउन उनी मंगलबार कतार पुगेका छन् ।
कतारमा पुगेपछि २७ वर्षीय स्ट्राईकर मारियाले आफु फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध हुन पाएको निकै खुसी भएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै मारियाले छिमेकी क्लबहरुसँगको काम निकै सौहार्दपूर्ण र महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
उता पिएसजीले डि मारियालाई टिममा भित्र्याउँदा युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट नतिजा निकाल्ने आशा गरेको छ ।
डि मारियालाई गत वर्ष रियल मड्रिडबाट म्यानचेष्टर युनाईटेडले पाँच करोड ९७ लाख पाउण्ड खर्च गरेको थियो । उनी गत वर्षको प्रिमियर लिगका सर्वाधिक महंगा खेलाडीसमेत भएका थिए । यद्यपि वर्षभरीका खेलमा उनको प्रर्दशन उत्कृष्ट भने हुन सकेन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण