डोल्पा जिल्ला पनि अनिश्चितकालीन बन्द, जनजीवन कष्टकर ।।
२७ साउन, डोल्पा
प्रमखु दलहरुले गरेको सीमांकनसहितको प्रदेशमा सहमति जनाएपछि भेरी कर्णालीको माग गर्दै डोल्पामा आज तेस्रो दिन पनि बन्द जारी हुँदा जनजीवन कष्टकर बनेको छ । कर्णालीलाई सुदुरपश्चिममा गाभिएको र भेरी कर्णली राज्य हुनुपर्छ भन्दै आज डोल्पा जिल्ला अनिश्चितकालिन बन्द गरिएको छ । जिल्लाका बिभिन्न राजनीतिक दल र नागरिक समाजले संयुक्त आन्दोलन गर्दै डोल्पा बन्दको घोषणा गरेका छन् । बन्दकर्ताले जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलय, उद्योगधन्दा हवाई यातायात, आन्तरिक सडक यातायात बजारसमेत ठप्प पारेका छन् । भौगोलिकरुपमा नेपालकै ठुलो जिल्ला डोल्पा र प्राकृतिक सम्पदाको धनि कर्णालीलाई सरकारले अपहेलना गरि सुदुरपश्चिममा पारेपछि तत्काल त्यो सहमति खारेजीको माग गर्दै नागरिक र राजनितिक दलले जिल्ला बन्द गर्दै आएका हुन् ।