गृहपृष्ठ » मुख्य समाचार, राजनीतिआमहड्तालका कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापाका दलहरुको सहमति ।।

आमहड्तालका कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापाका दलहरुको सहमति ।।

August 12, 2015१६५ पटक

२७ साउन, झापा
६ प्रदेशको सीमांकनको विरोधमा आन्दोलत तथा आमहड्तालमा उत्रिएका राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउने सहमति गरेका छन् ।
हिजो आन्दोलनरत दल, सरकारमा रहेका दल र प्रशासनका प्रतिनिधिबीच हिजो भएको छलफलमा सहमति भएको हो ।छलफलमा दलहरुले झापामा साउन २८ र ३१ गतेको आमहड्ताल तथा अन्य आन्दोलनका कार्यक्रम शान्तिपूर्ण, मर्यादित, व्यवस्थित र सहज बनाउने तथा आफ्ना कार्यकर्तालाई संयमित हुन निर्देशन जारी गर्ने सहमति भएको छ ।
त्यस्तै आमहड्तालका बेला एम्बुलेन्स, प्रेस, दूध, सब्जी, हरियो चियापत्ती,
शवबाहन, स्वास्थ्यकर्मी, अधिकारकर्मी, रेडक्रसकर्मी, कुटनीतिक नियोगका सवारी
साधन निर्वाध सञ्चालन गर्न दिने सहमति पनि भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण