गृहपृष्ठ » फोटो ग्यालरी, मुख्य समाचार, समचार, साहित्यसाहित्यको सम्मानमा देवदह जेसिस

साहित्यको सम्मानमा देवदह जेसिस

May 15, 2016१९३ पटक

अर्जुन बि.क.
देवदह, जेष्ठ २ । देवदह जेसिसले एक कार्यक्रमका विच युगीन राष्ट्रिय मुक्तक वाचन कार्यक्रम २०७३ का अतिथी तथा श्रष्टाहरुलाई रात्रिभोजको आयोजना गरी देवदहमा स्वागत गरेको छ । देवदह जेसिसका महासचिव विष्णु न्यौपानेको संचालनमा भएको स्वागत कार्यक्रममा जेसिसका कार्यकारिणी उपाध्यक्ष बालकृष्ण रिमालले देवदह पछिल्लो समय साहित्यको उर्वरभूमी वन्दै गएकाले साहित्यको सम्मान गर्न पाउनु देवदह जेसिसको लागि खुसिको कुरा भएको बताउनुभयो ।

jecyees1युगिन साहित्य समाज देवदहले आयोजना गरेको युगीन राष्ट्रिय मुक्तक वाचन कार्यक्रम २०७३ मा देशैभरबाट श्रष्टालाई बोलाएर ऐतिहासिक कार्य गरेको भन्दै युगीनलाई धन्यवाद दिदै आगामी दिनमा पनि जेसिसले साहित्यको लागि संस्थाले सम्मान गर्ने रिमालले प्रतिवद्धता व्यक्त गर्नुभयो । देवदहका कान्छा सफल उद्यमीको पहिचान पाएका देवदह जेसिस तथा मामा भान्जा प्रिन्टर्सका संचालक विष्णु न्यौपानेले कार्यक्रमको संयोजन गर्नुभएको थियो । न्यौपानेले साहित्यले जे देख्छ त्यो लेख्छ र यो समाजको प्रष्ट दर्पण भएकाले पनि समाजमा रहेका हरेक गतिवीधिमा कलम चलाउने साहित्यको सम्मानमा आफू लागिरहने बताउनु भयो । युगीन साहित्य समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले देवदह जेसिसलाई कार्यक्रम आयोजना गरेको प्रति धन्यवाद दिदै साहित्यलाई देवदह क्षेत्रमा अझै शसक्त बनाएर लैजान उर्जा थपिएको बताउनुभयो । jecyees5

रात्रिभोजमा करिब १ दर्जन श्रष्टाले रचना वाचन गर्दै रात्रिकालीन प्रहरलाई साहित्यक माहौलमा परिणत गरेका थिए । काठमाण्डौका श्रष्टा उदास कार्की, सुनिल अधिकारी, विष्णुवावु देवकोटा, पोखराका श्रष्टा प्रान्जल, के बि धुवाले, समीर शायर, सोतन्त्र नेपाल, राज क्षेत्री, जय किशन अधिकारी, सागर विभोर, यज्ञ प्रसाद न्यौपाने, स्मार्ट जी सन्देश, युवराज लामिछाने, सागर कण्डेल, अभि तिवारी, विनोद उदय लगायतले साहित्यिक माहौललाई तताएका थिए । रात्रिभोज तथा स्वागत कार्यक्रममा रेड मार्टिन ह्वीस्की, पि आर कोल्ड स्टोर्स, मामा भान्जा प्रिन्टर्स, जनकल्याण स्टोर्स, पंगेनी क्याटरिङ्ग लगायत विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।

अन्य फोटोहरु हेर्नुहोस्jecyees

jecyees6jecyees3jecyees2

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण