गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारम्यागी चाउचाउमाथि जरिबाना

म्यागी चाउचाउमाथि जरिबाना

August 12, 2015३१३ पटक

२७, साउन
म्यागी चाउचाउमा सिसाको मात्रा अत्याधिक पाईएको भन्दै विक्रि वितरण ठप्प पारिएको उत्पादक संस्था नेस्लेबिरुद्ध भारत सरकारले ६ सय ४० करोड भारतीय रुपैयाँ जरिबाना माग गरेको छ ।
समाचार एजेन्सी पिटिआइका अनुसार सरकारले राष्ट्रिय उपभोक्ता विवाद समाधान आयोगमा मुद्धा हाल्दै उक्त जरिबाना भराउन माग गरेको हो । सरकारले उक्त कम्पनीमाथि आर्थिक जरिवानाका साथै अन्य कारबाहीको पनि माग गरेको हो । भारतमा खाद्य सामग्री उत्पादन गर्ने कुनै पनि उद्योगलाई हालसम्म जरिबाना लगाईएको थिएन । कम्पनीबिरुद्ध अनुचित व्यापार र उपभोक्तालाई भ्रमित पारेको पनि आरोप लगाइएको छ ।
गत वर्ष उत्तर प्रदेशको बाराबन्की जिल्लामा म्यागी चाउचाउको परिक्षण गर्दा यसमा हानी कारक तत्व पाईएको थियो । यस वर्ष देशका बिभिन्न ठाउँमा चाउचाउको नमूना परिक्षण गर्दा पनि म्यागीमा अत्याधिक मात्रामा लिड फेला परेपछि यसको उत्पादननै बन्द गर्न सरकारले आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण