गृहपृष्ठ » मुख्य समाचार, समचारपहिरोको जोखिम, ३२ परिवार विस्थापित

पहिरोको जोखिम, ३२ परिवार विस्थापित

August 12, 2015१६६ पटक

२७, साउन, डोटी

पहिरोमा परी एकै परिवारका पाँचसहित ६ जनाको मृत्युभएपछि डोटीको डौड गाविस–३ का ३२ परिवार विस्थापित भएका छन् । सोमबार रातिदेखि आइरहेको पहिरोका कारण ३२ परिवार हालसम्म विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । एक्कासि गाउँ माथिबाट खसेको पहिरोले ६ जनाको मृत्युभएको थियो । डोटी सदरमुकामबाट १० घन्टाको पैदल दूरीमा रहेको पहिरोस्थलमा कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाको नेतृत्वमा प्रहरी टोली घटनास्थल छ । पहिरो पीडितलाई अस्थाईरुपमा विद्यालयमा सारिएको प्रहरीले जनाएको छ ।
यसैबिच—म्याग्दीको मुदी गाविस–६ खाम्लामा पहिरो जाँदा चार घरपरिवार विस्थापित भएका छन् ।यही साउन २१ गतेदेखि बस्तीमाथिबाट निरन्तर खसिरहेको पहिरोका कारण थप छ घर जोखिममा परेका छन् । पहिरोले दुईवटा घर भत्कने अवस्थामा पुगेको छ । पहिरोले अन्य ६ वटा घर पनि जोखिममा परेको र धानबाली लगाएको खेतमा पनि क्षति पु¥याएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण