टिपरको ठक्करबाट एकजनाको मृत्यु
२७, साउन, चितवन
भरतपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख १८६३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ना २८ प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाको मुगा गाविस घर भई भरतपुर बस्ने ३० वर्षीया सुजाता राईको मृत्युभएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हेमन्तकुमार राईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।