गृहपृष्ठ » मुख्य समाचार, राजनीति, शिक्षामकवानपुर क्याम्पसमा विद्यार्थीहरुद्वारा आगजनी ।।

मकवानपुर क्याम्पसमा विद्यार्थीहरुद्वारा आगजनी ।।

August 12, 2015३८९ पटक

२७ साउन,
शुल्कको विषयलाई लिएर विद्यार्थीहरुले आज मकवानपुर बहुमुखी क्याम्पसमा आगजनी गरेका छन् । एकीकृत माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष अमृत बर्तौला सहितको टोलीले क्याम्पस सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा आगजनी गरेको हो । बिहान करिब १० बजेको समयमा सञ्चालक समितिको बैठक चलिरहँदा विद्यार्थीहरुले पेट्रोल बम प्रहार गरेको क्याम्पस प्रशासनले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मकवानपुर क्याम्पस सचिव राकेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । स्नातक प्रथम वर्षको परीक्षा फारमको विषयमा विवाद हुँदा विद्यार्थीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण