गृहपृष्ठ » मुख्य समाचार, समचारओखलढुंगामा भूकम्प पिडितको राहतमा अनियमीतता गर्ने उपर कारबाहि सुरु ।।

ओखलढुंगामा भूकम्प पिडितको राहतमा अनियमीतता गर्ने उपर कारबाहि सुरु ।।

August 12, 2015१७० पटक

२७ साउन,ओखलढुंगा
ओखलढुंगामा भूकम्प पिडितको राहतमा अनियमीतता गर्नेलाई कारबाहि थालिएको छ । सरकारले उपलब्ध गराएको राहतमा व्यापक अनियमीतता भएको गुनासो तथा समाचारहरु बाहिर आएपछि प्रशासनले कारबाहि थालेको हो । जिल्लाका सबै ५० गाविस र १ नगरपालीकालाई निर्देशन सहितको पत्राचार गरेर गलत व्यक्तीले राहत लिएको भए फिर्ता गराउन र फिर्तागर्न ईन्कार गरे नाम ठेगाना र परिचयपत्र सहितको विवरण प्रशासनमा उपलब्ध गराउन निर्देशन सहितको पत्र पठाईएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । गैर पिडितले राहत बुझेको तर वास्तविक पिडितहरु राहत सुविधा पाउनबाट वञ्चित भएका गुनासाहरु र सञ्चारमाध्यममा समाचारहरु आएपछि कारबाहि थालिएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण