गृहपृष्ठ » मुख्य समाचार, समचारकार र जिप एक आपसमा ठोकिदा १ जनाको मृत्यु ९ घाईते ।।

कार र जिप एक आपसमा ठोकिदा १ जनाको मृत्यु ९ घाईते ।।

August 12, 2015१६९ पटक

२७ साउन, दाङ

देउखुरीको सिसहनियामा कार र जिप एक आपसमा ठोकिदा १ जनाको मृत्युभएको छ भने ९ जना घाईते भएका छन । कृष्णा नगरबाट घोराहि तर्फ आउदै गरेको ना १ ज १४१३ नंबरको जिप र सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको बा ५ ज ५०२२ नम्बरको कार देउखुरीको सिसहनियामा एक आपसमा ठोकिदा रोल्पामा कार्यरत ३२ बर्षिय बलबहादुर खडकाको घटना स्थलमै मृत्यूभएको हो । घाईते मध्य ६ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्य तिन जनाको प्राथामिक स्वास्थ्य केन्द्र लमहिमा उपचार भईरहेको छ । साईकल यात्रीलाई बचाउन खोज्दा घटना भएको ईलाका प्रहरीकार्यलय भालुबाङका प्रहरी प्रमुख मिन बहादुर कवरे जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण