थारुवान संघर्ष समितिले गरेको बन्दले दाङ बन्द ।।
२७ साउन दाङ
थारुवान संघर्ष समितिले आज देखि ३२ गतेसम्म दाङ सहित तराईका २२ जिल्लामा बन्द गरेको छ । अहिले गरिएको सिमांकनले आफूहरुलाई पहिचान र अधिकारलाई विमुख बनाएको भन्दै थरुहट थारुवान संघर्ष समिति आन्दोलित बनेको हो । बन्दका कारण आज त्यहाँको जनजिवन प्रभावित भएको छ । थारुवान संघर्ष समितीले गरेको बन्दमा शैक्षिक संस्था, बजार, उद्योग धन्दा, यातायातका साधन ठप्प भएका छन् ।