गृहपृष्ठ » मुख्य समाचार, समचारम्याग्दीका २७ सयबढी घरधुरी बाढीपहिरोको जोखिममा

म्याग्दीका २७ सयबढी घरधुरी बाढीपहिरोको जोखिममा

August 12, 2015१८८ पटक

म्याग्दीका करिब २७ सयबढी घरधुरीहरु पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको विभिन्न गाविस, खोला, नदी किनार तथा तटीय क्षेत्र र ग्रामीण भेगका बस्तीहरु बाढीपहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा परेका हुन् । बेनी नगरपालिकासहित ३० भन्दाबढी गाविसका स्थानीयहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाको गूर्जा, लुलाङ, मुदी, मुना, ओखरबोट, रुम, निस्कोट, देवीस्थान, बराङ्जा, भकिम्ली, पुलाचौर, कुईनेमङ्गले, पाखापानी, झिँ, भू–तातोपानी, नारच्याङ, बेगखोला, दोवा, राम्चे, शिख, भगवतीलगायतका गाविसहरु पहिरोको प्रत्यक्ष जोखिममा छन् ।

?????????????
त्यसैगरी कालीगण्डकी नदीको कटानमा भूरुङ–तातोपानीबजार, दानाको घट्टेखोला, पिप्लेको चमेरे, गलेश्वर, सदरमुकाम बेनीबजार र आनन्दबगर रहेका छन् । त्यस्तै म्याग्दी नदीतर्फ मङ्गलाघाटबजार, बगरफाँट, तातोपानीबजार तथा कुण्ड, सिम, तोराखेत, बाबियाचौर एवं दरबाङबजार र ओखरबोटको फुलबारी नदी, खोलाको कटानमा रहेको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । बाढीपहिरोको जोखिममा रहेका अन्य बस्तीहरुमा ओखरबोटको १, ८ र ९ वडा, मुनाको ७, ८ र ९ वडाको दरगाउँ, पात्लेखेतको बान्द्रेखाल्टी पहिरोबाट ३, ४, ६, ७, ८ र ९ वडा, बेनी नगरपालिका १२ चिप्लेटी गाउँ, बराङ्जाको खस्रुपानी पहिरोबाट ३, ४ र ५ वडा, भकिम्लीको तोराखेत, शिखको घट्टेखोलाको पहिरोबाट १ र २ वडाको तल्लोगाउँ रहेको उनले जानकारी दिए ।
20150702_115535
साविकको म्याग्दीका ४१ गाविसमध्ये ३८ गाविस बाढीपहिरो र भू–क्षयको जोखिममा रहेको बताउँदै अधिकृत पौडेलले भने– ‘समग्रमा म्याग्दी जिल्ला नै पहिरोको उच्च जोखिममा छ’, ‘यसतर्फ सम्बन्धित निकाय तथा सरोकारवाला पक्षले बेलैमा ध्यान नदिए ठूलो मानवीय क्षति हुनसक्छ’ उनले थपे । बाढीपहिरो र भू–क्षयका कारण गाविसस्तरमा १२ सय घरधुरी, तल्लो तटको नदी क्षेत्रमा १ हजारबढी घरधुरी र सदरमुकाम बेनीबजारको ५ सय घरधुरी गरी करिब २७ सयभन्दा बढी घरधुरीहरु पहिरोको जोखिममा रहेका छन् ।

हालै गएको पहिरोबाट मुना गाविसको दरगाउँका ११६ घरधुरी जोखिममा रहेका छन्भने तीमध्ये ४ घरपरिवार विस्थापित भएकोमा अन्य केहीले बस्ती छाडेको भू–संरक्षण कार्यालयका इन्जिनियर वीरेन्द्र महतोले बताए । उनका अनुसार सूर्यज्योती प्रावि दरगाउँको ६ कोठे भवन र २ ओटा बालशिक्षासहित ८ कोठा जोखिममा परेको छ । बाढीपहिरोको जोखिम बढ्नुमा सबैभन्दा बढी मानवनिर्मित कारकतत्व रहेको बताइएको छ । त्यसमा पनि जथाभावी रुपमा विना स्टमेट, डोजर, ड्राइभर र सडक निर्माण समितिका अगुवाको रोहबरमा कच्ची सडक खन्नुले विनाश निम्त्याएको अधिकृत पौडेलको भनाइ छ । भौगोलिक अवस्था, कमजोर भू–बनोट, धरातलीय स्वरुप र यसवर्ष भूकम्पको कारणले पनि म्याग्दीमा बाढीपहिरोको जोखिम थप बढेको हो । संरक्षणमुखी विकासभन्दा पनि विनाशमुखी विकास भएका कारण पहिरोको जोखिम क्रमशः बढ्दै गएको उनले बताए ।
IMG_1934
यसतर्फ खासगरी स्थानीय निकाय जिल्ला विकास समिति र गाविसले ध्यान दिनुपर्ने सर्वसाधारणहरु बताउँछन् । खनिएका सडकको स्तरोन्नति, पानीको व्यवस्थापन, नाली निर्माण र सडक छेउछाउमा वृक्षारोपण गरेका खण्डमा पहिरोको जोखिम कम हुने बताइन्छ । जल, जङ्गल, जनावर, जमिन र जनताको ध्यान दिएर विकासको पूर्वाधार अगाडि बढाएको खण्डमा दिगो विकास हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण