गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचार, राजनीतिडिभी र पिआरमा कडाइ गरेपछि लालबाबुले यसो भने

डिभी र पिआरमा कडाइ गरेपछि लालबाबुले यसो भने

August 12, 2015५५७ पटक

lalbabu pandit२७ साउन– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती क्षेत्र छाड्नेको सङ्ख्या बढेको बताएका छन् ।

संवाद क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित भएपछि आफ्नो मातृभूमि छाड्ने कर्मचारी लाइन लाग्न थालेको उल्लेख गरे ।

उनले भन, ‘निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत कर्मचारीले रातारात आफ्नो जागिर छाडेर भाग्दै छन्, नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी छ ।’
उनले आगामी १० वर्षभित्र कामका लागि कुनै पनि नेपाली विदेशिनु नपर्ने वातावरण सिर्जना गर्न श्रम ऐन संशोधनको तयारीमा लागेको बताए ।

मन्त्री पण्डितले अबको १५\२० दिनमा सङ्घीय लोकतान्त्रिक संविधान जारी हुने बताउँदै मुलुकले फड्को मार्न लागेको बेलामा अलिअलि द्वन्द्व हुनु स्वभाविक भएको विचार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण