गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारम्याग्दीमा यस्तो फल्यो किवी

म्याग्दीमा यस्तो फल्यो किवी

August 12, 2015३६८ पटक
म्याग्दीमा यस्तो फल्यो किवी
म्याग्दी— म्याग्दीका किसान व्यावसायिक किवी खेतीतर्फ आर्कषित भएका छन् । चिसो हावापानीमा हुने लहरा प्रजातिको फल किवीको परीक्षण उत्पादन सफल भएपछि किसान उत्साहित भएका हुन् । बेनी नगरपालिकाको तोरीपानी, राम्चे र बरंजा गाविसमा अन्नबाली छोडेर किवी खेती विस्तार भइरहेको छ ।

राम्चेको ३ र ४ वडामा एक जापानी नागरिकले रोपेका थिए । तोरीपानीमा सञ्चारकर्मी बामदेव रिजालले तीन वर्षअघि करिब १७ रोपनी जग्गामा २ सय ५० बिरुवा लगाएका थिए । किवीको खोजी हुन थालेपछि कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा गाउँमै तालिम दिइएको थियो । ‘यसको व्यावसायिक खेतीको सम्भावना देखेको छु । थप जग्गामा विस्तारको तयारी भइरहेको छ,’ रिजालले भने । म्याग्दी काली सञ्चार सहकारी अन्र्तर्गत सञ्चालित इन्टरनेट सेवाका प्राविधिक तथा फोटो पत्रकारसमेत रहेका रिजालले खेती गरेको थाहा पाएपछि जिल्लास्थित सुपरमाकेर्ट, व्यापारी र सर्वसाधारणले समेत किवी खोज्ने गरेको बताए ।

सुन्तला हुने क्षेत्रबाट उत्तरी तथा स्याउ उत्पादन हुने क्षेत्रबाट दक्षिण भेगमा पर्ने हावापानी किवीका लागि उपयुक्त भूगोल मानिन्छ । रोजगारीको सिलसिलामा विदेश गएर फर्किएकाले त्यहाँ यसको बजार र स्वादका कारण पनि जिल्लामा फर्किएपछि प्राविधिक सहयोग खोज्ने गरेको वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताए । ‘विस्तारै माग बढ्न थालेको छ । देखेर र खाएकाले खेतीप्रति चासो देखाएका छन्,’ श्रेष्ठले भने । जिल्लामा करिब २ हेक्टर जमिनमा किबी खेती भइरहेको छ । एक हेक्टर जमिनमा करिब ४ सय बिरुवा रोप्न मिल्छ । समुद्री सतहबाट हजार देखि ५५ सय मिटरसम्मको उचाइमा किवी खेती हुन्छ ।

जिल्लाको ताकम, बिम, मराङ, हिस्तान लगायत गाविसमा किवीको सम्भावना देखिएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा नयाँ फल भएकाले कार्यालयबाट हालसम्म ३ सय बिरुवा वितरण गरिएको छ । बेनीका डिपार्टमेन्ट स्टोरले पोखरा, काठमाडौंबाट ल्याएर बेच्छन् । ‘घुम्न आएका विदेशीले धेरै खोज्छन् । कस्तो हुन्छ भनेर किन्न आउने पनि छन्,’ पिएल स्टोरका सञ्चालक राजेश शाक्यले भने । उनले जिल्लाभित्र उत्पादन भए त्यसलाई प्राथमिकता दिने बताए । बेनीका केही पसलले किवी पाइन्छ भनेर प्रचार पनि गरिरहेका छन् ।nagariknews

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण