गृहपृष्ठ » आफ्नै खबर, फोटो ग्यालरी, साहित्यउज्यालोमा पुर्वी सम्पन्न

उज्यालोमा पुर्वी सम्पन्न

May 29, 2016२६९ पटक

उज्यालो सम्बाददाता/बुटवल,म्याग्दीका साहित्यकार तथा कथाकार लोकनाथ भुषाल घायल श्रीको कथा संग्रहको चर्चा तथा परिचर्चा कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । उज्यालो लाल्टिन समूहको आयोजनामा बुटवलको रसेल क्याफेमा भएको कार्यक्रममा देशभरका साहित्यकारहरु तथा पाठकहरुको जमघट भएको थियो । वर्षाको समयमा मौषमको प्रवाह नगरी दर्शक तथा पाठकहरु कार्यक्रममा उपस्थित भएका थिए । उज्यालो लाल्टिन डट कमका प्रबन्ध निर्देशक अर्जुन वि.क.को अध्यक्षता, कथाकार वनमाली निराकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न साहित्यिक श्रष्टाहरुले आफ्ना रचनाहरु समेत वाचन गरेका थिए ।

उज्यालो लाल्टिनका अभि तिवारीको गजल वाचनसंगै रचना वाचन श्रृखलाको सुरुवात भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि निराकारले साहित्य समाजको ऐना भएकाले साहित्य क्षेत्रलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने बताए । उनले साहित्य क्षेत्रबाट पनि समाजलाई सुसुश्चित गर्दै लैजान सकिने भएकाले साहित्यलाई सकारात्मक रुपबाट परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिए । कथा संग्रह पुर्वीको समिक्षा गर्दै समिक्षक रुद्र ज्ञवालीले भु घरातलमा नभई भित्रि गईरामा सम्म पुगि कथाहरुलाई पुर्णता दिएको बताए । त्यस्तै अर्का समिक्षक शेखर विकल्पले कथामा समावेश भएका पात्रहरु सामु लेखक पुग्न सक्नु नै लेखको क्षमता भएको बताए । म्याग्दी साहित्य सञ्चार तथा बुलबुल साहित्य पत्रिका परिवारले प्रकाशनमा ल्याएको पुर्वी कथा संग्रहमा पाँच वटा कथाहरु समाबेश रहेका छन् । तिम्री स्वास्नी, यात्रा, पुर्वी, बाबा र झल्लु कथा संग्रहमा समाबेश कथाहरु ह्न। शनिबार भएको पुर्वी चर्चा परिचर्चा तथा रचना बाचन कार्यक्रममा सागर कंडेल, अभि तिवारी, विष्णु विवस पोखरेल, धुर्व राज पन्थि, राज क्षेत्री राहुल, धव्रराज पन्थी, सुरज थापा मगर, डि आर संघार, स्मार्ट जी सन्देश, कमला अर्याल, निर्मल ढुंगाना, यज्ञप्रसाद न्यौपाने, समिर शायर, प्रज्वल अधिकारी, मञ्जु लामिछाने लगायतले वआफ्ना रचनाहरु वचन र के.बी धुवाले गजल गायन गरेको थिए।

कार्यक्रममा बनमाली निराकार, धनश्याम न्यौपाने परिश्रमी लगाएतले कृती सफलताको निम्ति लेखक लाई शुभकामना दिएका थिए । उज्यालो लाल्टिनका मुकेश ज्ञवालीको स्वागत, सोतन्त्र नेपालको धन्यवादमा भएको कार्यक्रमको सञ्चालन  युवराज लामिछानेले गरेका थिए । उज्यालोमा पुर्वी बिषयक कार्यक्रमलाई Deluxe HR Solutions प्रा. लि. बुट्वलले मुख्य प्रायोजन गरेको थियो भने IT Space & Computer , Net Club & Travel Russell Cafe, शुभम इभेन्ट म्यानेजमेन्ट युगिकुटी, नवदुर्गा मिस्ठान्न भण्डार कोटीहवा, आदर्श युवा क्बल भलुही, केरावनी इट्टा उधोग, केरावनी, मामा-भान्जा प्रीन्ट्स देव्दह र ग्रेस फार्मेटीकल्स लगाएता संघसस्थाको सहयोग रहेको थियो। त्रिवेणी टिभी मिडिया पार्टनरको रुपमा रहेको कार्यक्रमका केही तस्बिरहरु 

13240619_1125283824209125_4386822372282662741_n13237847_1125283694209138_5743269990738684485_n (1) 13331074_1008551509235978_1104962333845168016_n
IMG_2442IMG_2438

 IMG_2456

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण