गृहपृष्ठ » मुख्य समाचार, समचारचमुवा खोलामा माछा मार्न थापेको भूकमा परेर एक ब्यक्तिको मृत्यु !

चमुवा खोलामा माछा मार्न थापेको भूकमा परेर एक ब्यक्तिको मृत्यु !

August 12, 2015१९७ पटक

बागलुङ, – साउन २७ गते  । बुधवार साढे पाँच बजेको समयमा गल्कोट हटिया गाविस ८ को चमुवा खोलामा माछा मार्न थापेको भूकमा एक जना युवक घोप्टो अवस्थामा मृत फेला परेका छन् ।20150812_182054

मृतक सोहि गाविस ८ भयँरखर्कका हस्तबहादुर नेपालीका छोरा ३२ वर्षका पदम नेपाली हुन् ।उनको सब खरुवा मावि भन्दा १ सय मिटर माथि फेला परेको हो । भूक थाप्ने व्यक्ति माछा हेर्न गएको अवस्थामा नेपाली मृत अवस्थामा देखेका थिए ।

मृतक नेपाली घरबाट डोकामा लुगा राखेर धुन भनी घरबाट खोला तिर गएको पारिबारिक श्रोतले बताएका छन् । नेपालीको मदिरा सेवन गर्ने कुलत भएकोले सोही कारण चिप्लेर भूक मा परेको हुनसक्ने स्थानीयले बताएका छन । प्रहरीले पनी निज चिप्लेर वा भूकमा माछा हेर्न खोज्दा भूक मा परेको हुन सक्ने अनुमान गरेको छ । उनी भारत को तेजू भन्ने ठाउमा रोजगार गर्दै आएको र बिगत ५ महिना देखि घरमै बसेका थिए । घरको दैनिकी चलाउने उनी मात्र रहेको ले परिबारको समेत बिचल्ली हुने स्थानीय ले बताएका छन  । उनी अबिबाहित थिए ।

?????????????

घटना को थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कमल चौलागाई ले बताए ।
मृतकको परिवारको आर्थिक अवस्था दयनीय भएकोले स्थानीयले चन्दा उठाएर मृतकको शवलाई पोस्टमार्टम को लागी गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र  हरिचौर पुर्याएका छन  ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण