गृहपृष्ठ » अार्थिक, खेलकुद, मुख्य समाचारराखेप सदस्य सचिवद्वारा आफ्नै तलब कटौतिको प्रस्ताव

राखेप सदस्य सचिवद्वारा आफ्नै तलब कटौतिको प्रस्ताव

August 12, 2015४५८ पटक

काठमाडौ, श्रावण २७ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आफ्नै तलब कटौतिको प्रस्ताव गरेका छन् ।

खेलकुद परिषद्को बोर्ड बैठकमा सदस्य सचिव विष्टले बोर्डबाट सदस्यहरुले पाउँदै आएको मासिक १२ हजार रुपैयाँ तलब कटौतिको प्रस्ताव गरेका हुन् । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्य सचिवको प्रस्ताव अनुसार बोर्डका सदस्यले पाउँदै आएको तलब कटौतिको निर्णय गरेको छ ।

यसअघिका सदस्य सचिव युवराज लामाको पालामा बोर्ड सदस्यलाई समेत मासिक १२ हजार रुपैयाँ तलब दिने निर्णय गरिएको थियो ।

तलब कटौती सँगै परिषद्को  मासिक १२ हजारका दरले  २५ जना सदस्यलाई निकासा गर्दै आएको रकम सञ्चित हुने भएको छ ।

खेलकुद मन्त्री र सदस्य सचिवबीच विवाद हुँदा बोर्ड बैठक एक वर्षसम्म पनि बस्न सकेको थिएन ।

बोर्ड सदस्यहरुको लिएको तलबलाई महालेखाले पनि बेरुजु देखाएको छ ।

नयाँ निर्णयपछि अब बोर्ड सदस्यले बैठकमा उपस्थित भए अनुरुप बैठक भत्ता मात्र पाउने छन् ।

परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले भने बोर्ड सदस्यका हैसियतले  पाउने मासिक तलब भने नलिने यस अघि नै घोषणा गरिसकेका छन् । ekantipur

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण