गृहपृष्ठ » फोटो ग्यालरी, समचारदृढ संकल्पमा शुभम

दृढ संकल्पमा शुभम

May 31, 2016१२५ पटक

सोतन्त्र नेपाल/ बुटवल। केही कर्मचारीहरुलाई वकी-टकीबाट यसो गर र त्यसो गर भन्दै निर्देशन, एक तर्फ Sound System का Technician लाई जडान गर्न निर्देशन अर्को तर्फ खाना बनाउने कुकलाई यो परीकारलाई यस्तो तरिकाले तयार गर भन्दै निर्देशन अनी बेला-बेलामा सजावटको जिम्मा लिएका कर्मचारीलाई सजावट यस्तो तरिकाले हुनु पर्छ भन्दै निर्देशन, झट्ट हेर्दा यो कुनै फिल्म निर्माण गर्दै गर्दाको दृष्य जस्तो देखिन्थियो तर कुरा हो बुटवल उपमहानगरपालिका, योगिकुटी स्थीत शुभम  इभेन्ट म्यानेजमेन्ट प्रा.लि. ले व्यवस्थापन गरेको एउटा विवाहको। बिगत २ बर्षदेखी रुपन्देही क्षेत्रमा हुने बिवाह , ब्रतबन्ध , भोज, सास्कृतिक कार्यक्रम लगाएतका कार्यक्रमहरुको ब्यबस्थापनको जिम्मा लिएर कुशल ढंगबाट सुसम्पन्न गर्दै आएको शुभम इभेन्ट म्यानेजमेन्ट प्रा.लि. एउटा नमुना नै बनेको छ। अस्वस्थ राजनीति र बढदो बेरोज्गारिको कारण बैदेशिक रोजगारनै मुख्य केन्द्र बिन्दु बनेको परिस्थिती बिचमा पनि यही माटोमा दृढ संकल्प र मेहेनतको सही ठाउँमा प्रयोग गर्न सके उपज राम्रै हुन्छ भन्ने कुराको राम्रो उदहारण बनेको छ सुभम इभेन्ट म्यानेजमेन्ट प्रा.लि.।12310479_1774181436142862_4239355745725429037_n तपाईंहरुले विवाह सम्बन्धी के के काम गर्नु हुन्छ भनेर हामीले गरेको प्रश्नमा- “केटा र केटी मिलाउने काम हाम्रो होइन त्यो तपाईंहरु आँफैले गर्नु पर्छ बाँकी विवाहमा स्वागत गेटदेखि गाडि भेन, वस, जिप सजावट, दुलाहा, दुलहि, सजावट, टेन्ट, पार्टि, खाना, डान्स, डिजे, वाजा, उद्घोषक,  रत्योलि समुह, कसार   र रोटि वनाउने समुह समेतको व्यवस्थापनको जिम्मा हामी लिन्छौ” भनेर प्रा.लि का प्रबन्ध निर्देशक दिपक शर्माले बताउनु हुन्छ। तपाईंहरुको माध्यमबाट विवाह, ब्रतबन्ध , भोज र अन्य कार्यकमहरु गर्दा सेवाग्राहीलाई के फाईदा हुन्छ भनेर गरेको प्रश्नमा “मानिसको व्यस्तता वुझेर सजिलोका लागि  यो सेवा पा्रम्भ गरेका हौ, हाम्रो माध्यमबाट गर्दा एक त समयको बचत हुन्छ, अर्को तपाईंहरुलाई झन्झट हुँदैन र अझै अर्को खर्चपनी कम हुन्छ भनेर शर्माले बताउनु हुन्छ। यो २ बर्षको दौरानमा सय भन्दा धेरै विवाह , त्यस्तै सयौको हाराहारीमा भोज र ब्रतबन्ध देखी सामन्य गोष्ठी र ठुला ठुला सास्कृतिक कार्यक्रम सम्म गराएको प्रा.ली.ले आर्थिकस्तर कम्जोर भएकाहरुको लागि पनि कम खर्चमै ब्यवस्थापन गरिदिने प्रा.लीका प्रबन्ध निर्देशक शर्माको भनाइ रहेको छ। यती छिटै सफल्ता हासिल गरेको प्रा.ली.ले आफ्नो स्थापनाकालमा धेरै नै आलोचना समेत सहन परेको तर पनि आफ्नो समुहको सहकार्य र निरत्न्तरको प्रयासले गर्दा आज यो स्थानमा आइपुगेको र हाल आफुहरु सँग सेवाग्राहीले भने अनुसारका सामाग्रि रहेको र माग अनुसारको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको प्रा.ली.का प्रतीनिधी प्रदीप शर्माले बताउनु हुन्छ। युरोपियन तथा छिमेकी मुलुकहरुमा समेत निकै लोकप्रिय रहेको इभेन्ट म्यानेजमेन्ट नेपालको परिवेशमा पनि एक सफल व्यवसायको रुपमा पारीचित गराउन थप योजना सहित अगाडि बढेको र निकट भबिष्यमा सेवाग्राहीलाई अझै धेरै प्रत्यक्ष फाईदा हुने खालका योजना सहित काम गर्ने सोचमा रहेको प्रा.लि.ले बताउछ।

शुभम  इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले सम्पन्न गरेका केही विवाह र कार्यक्रमका तस्बिरहरु

10268123_10152385575516585_1762444351_n

 IMG_1082IMG_10401560532_876633012348190_1385832689479964453_n10568877_845043095507182_8106733874628433274_n1800386_761496087195217_2109589037_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण