भारतलाई हिन्दु राष्ट्र घोषणा गरेर देखाउन ज्ञवालीको चुनौती
काठमाण्डौ। २७ साउन
एमाले सचिव प्रदीप ज्ञवालीले संविधानमा धर्म निरपेक्ष नै हुनुपर्ने भन्दै दलहरु यसअघिको सहमतीवाट पछाडी फर्कन नसक्ने वताउनुभएको छ ।
काठमाडौंको संवाद डवलीमा भएको कार्यक्रममा सचिव ज्ञवालीले धर्मका विषयमा नेपालमा कुनै हस्तक्षेप नगर्न पनि आग्रह गर्नुभयोे ।

उहाले भारतले नेपाललाई हिन्दु राष्ट्र वनाउन दवाव दिइरहेको भन्दै पहिला भारतलाई नै हिन्दु राष्ट्र घोषणा गरेर देखाउन चुनौती दिनुभयो । आफु नास्तिक भएको वताउनुभएको छ ।
उहाले ९४ प्रतिसत ओमकार समुह रहेको भन्दै गरिएको आन्दोलन गलत रहेको वताउनु भएको छ उहाले नास्तिक हुने अधिकार सवैलाई रहेको वताउनुभएको छ । तर जबर्जस्ती धर्म परिवर्तन गराउने कुरा सहन नसकिने वताउनुभयो ।
गरिवी र कमजोरीपनाको फाइदा उठाएर धर्म परिवर्तन गराउने कामलाई राज्यले कानुन वनाएर रोक्नुपर्ने बताउनुभयो ।