गृहपृष्ठ » विशेषफ्री टिकट फ्री भिसाको सरकारी निर्णय कपिमा सिमित एक लाख पचास हजार तिरेर आय ६ जना नेपाली

फ्री टिकट फ्री भिसाको सरकारी निर्णय कपिमा सिमित एक लाख पचास हजार तिरेर आय ६ जना नेपाली

August 12, 2015२९४ पटक

11844247_515291725301553_309239293_nसुसान आचार्य /उज्यालो लालटिन मलेसिया साउन २७

लामो समयको विवाद पस्चाद गत महिना नेपाल सरकार श्रम मन्त्रालय तथा मेनपावर ब्यबसायी बिच खाडि का सात राष्ट्रमा निसुल्क कामदार पठाउने भनी गरिएको लिखित सम्झौता केबल कपिका पानामा मात्र सिमित रहेको छ ।
अति चर्को रकम असुल गर्दै गैर जिम्मेवारी पुर्ण तरिकाले खाडि मुलुक मा नेपाली कामदार पठाउदै आयका मेनपावर कम्पनीले सरकार को यस्तो निर्णय पश्चात् केहि हद सम्म जिम्मेवारी बहन गर्न तथा कामदार ले बोक्नु परेको ठुलो ऋणको चपेटा बाट मुक्ति मिल्ने आसा गरेका लाखौ नेपाली अब सरकार को निर्णय केबल कार्यलय का दराज मा थन्किएको भनी निराश मात्र हैन आक्रोशित बनेका छन ।
गत अगस्ट ७ तारीख मेन्टेन ओभर्सिज प्राली बाट एक लाख पचास हजार नेपाली रुपैयाँ तिरेर जेन्रल वर्करका लागि मलेसिया आइपुगेका छ जना नेपाली मध्य का एक सिराहा हरिपुर २का १८ बर्सिय फिद कुमार यादव ले भने हामीले मेनपावर मा पासपोर्ट बुझाउदा सरकार ले फ्री टिकट फ्री भिसा लागू भै सक्यो भनी सक्यको थियो ।हामीले पनि मेनपावर लाई यश बारे कुरा गर्यौ तर आफ्नै गाउँका एजेन्ट रहेका गुगुली यादब ले काम अति राम्रो र मासिक कमाई मलेसियन रिङ्गेट दुई हजार भन्दा बढी हुने भन्दौ यो पैसा बुझायको बाहिर नभन्नु गोप्य राख्नुपर्छ काम राम्रो छ जीवन बन्छ भन्दै आफुलाइ फसायको गुनासो गरेका छन ।यस्तै हरिपुर ३कै अर्का पीडित ले भने हामीले आउने अघिल्लो दिन सम्म पनि मेनपावरमा फ्री हुनुपर्ने भन्दा भाइ अबसर नगुमाउ निर्णय जस्तो काम हुदैन फ्री मा कसैले लादैन ।बाहिर हल्ला नगर नत्र कतै जान नमिल्ने गरि रोकिदिने भनदै आक्रोश देखाय पछि बाध्य भयर एक लाख पचास हजार रुपैयाँ तिर्नु परेको दुखेसो पोखेका छन ।६ जना को समुहमा आयका नेपाली हरु हाल मलेसियामा विभिन्न कम्पनीमा सधारन कामदार सरह काम गर्न बाध्य छ्न ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण