गृहपृष्ठ » अन्तर्वार्ता, मनोरञ्जनमुनाको सल्लाहले शिवको बदनाम भयो रे !!

मुनाको सल्लाहले शिवको बदनाम भयो रे !!

June 4, 2016११९५ पटक

अशोक पोख्रेल/कपिलवस्तु । shiva khanal२०५१ साल १२ महिना १८ गते अर्घाखाँचिको शिद्घारा गा.वि.स वडा नं. ५ मौवाबारीमा बाबु जिबनारायण खनाल र आमा खिमकला खनाल को कोख बाट जन्म लिई हाल कपिलवस्तु जिल्ला वरकलपुर चौवन्नपुर बस्दै आएका र कर्मथलो बुटवल बनाउदै आएका गायक शिव खनाल अहिले रम्भादेबि टेक्निकल कलेज बुटवलमा ईन्जिनियरिङ्ग पढ्दै छन । वाल्यकाल देखिनै गित संगितमा अत्यन्त रुचि राख्ने खनालको गित संगितको यात्रा २०६९ साल बाट सुरु भयो । २०७२ सालको तिजमा विस्णु डुम्रेको बारुलि कम्ममर एल्वममा पहिलो पटक शब्द शिर्जना गर्ने अवसर पाएका शिवले २०७३ सालको नयाँ वर्षको अवसरमा निकै आकर्षक लोक रोइला मेरै बदनाम भो एल्वम बजारमा ल्याएका छन । जसमा स्वर स्वयम आफै शिव खनाल र चर्चित गायीका मुना थापा मगर को रहेको गित अहिले दर्शक माझ छाएको छ । उक्त गितमा निर्देशक लोकेन्द्र साहले गरेका छन भने प्रिया भण्डारी , बाबुराम ज्ञवालि, कुसुम मगर, शिसिर थापा लगायत ले अभिनय गरेका छन ।

ईन्जिनियरिङ्गको बिध्यार्थी कसरी गायन क्षेत्रमा ?
गित संगित मेरो सानै देखिको ढुकढुकि हो , ईन्जिनियर बनेर देश विकास गर्ने लक्ष्य भयता पनि म नेपालि गित संगित लाई भुल्न सक्दैन ।

गायन क्षेत्रमा पाईला प्रवेश गराउदा कस्तो अनुभव भयो ?
मेरै वदनाम भो मेरो पहिलो एल्वम भएता पनि यसले नेपाली बजारमा राम्रै ठाउँ पाएको हुँदा मलाई यो गायन क्षेत्रमा अझ हौसला छाएको छ ।

देश निर्माण को सपना बोकेर हिडेको मान्छे गायन क्षेत्रले पढाईमा केहि असर गर्दैन ?
गायन क्षेत्र मेरो रुचिको बाटो भएकोले मलाई त्यति असर गर्दैन जस्तो लाग्दछ ।

अबको बाटो कता ?
ईन्जिनियर पढाईको साथ साथै नेपाली लोक संगित क्षेत्रमा पनि हुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण