गृहपृष्ठ » मुख्य समाचार, समचार, साहित्यओझेलमा परेको शिवालय मन्दिर पुनस्निमार्णमा

ओझेलमा परेको शिवालय मन्दिर पुनस्निमार्णमा

August 13, 2015४२५ पटक

घनश्याम पौडेल
२८ साउन , धातिवाङ्ग
अर्घाखाँची जिल्लाको धातिवाङ्ग गाउँ वकास समिती वडा नं. ६ मा अवस्थीत शिवालय मन्दिर विगत २ वर्ष देखी ओझेलमा पर्न गएको थियो ।
गाउँका युवाहरु पैसा कमाउनको लागि विदेश बाहिरिने र त्यहाबस्ने वुढावुढि हरुले ममर्त सम्भार गर्न नसक्ने हुदाँ मन्दिर ओझेलमा परेको  पुर्व मन्दिर अध्यक्ष घनश्याम पौडेलले वताउनुभयो । साथै उक्त मन्दिरमा प्रत्येक वर्षको महाशिवरात्रीमा गाईने अखण्ड कृतन भने विगत २ वर्ष देखि गाईएको   छैन । अझै पनि प्रत्येक पन्ध्र–पन्ध्र दिन अर्थात औशी र पुणिमाको दिन  भजन गाइन्छ । वि.स. २०५९ सालमा धातिवाङ्ग गाविस बाट रोजगारी का लागि भारत गएका व्यक्तीहरुले भारत आर्थिक सहयोग जुटाए्र र  धातिवाङ्गका स्थानिय जनताहरुवाट जनश्रमदान तथा आर्थिक लगानी गरेर उक्त मन्दिरको स्थापना २०६१ सालमा गरिएको थियो भने मन्दिर निर्माण क्षेत्र ५०९ वर्ग मिटर, मन्दिरको उचाई २५ फुट रहेको  मन्दिर कार्य समितीका अध्यक्ष नन्दराम पौडेलले बताउनुभएको छ ।

मन्दिरमा अहिले मन्दिर अगाडि पौवा निर्माण गर्न लागिएको छ । पौवा निमार्ण कार्य यहि साउन मसान्त भित्र सम्पन्न हुने भएको छ । उक्त मन्दिरमा मन्दिर निमार्ण कार्यको लागी निमार्ण समिती समेत गठन गरिएको थियो, गठन गरेको १५ दिनमै अथार्त वैशाख महिनामै मन्दिर ममर्त कार्य सम्पन्न गरिएको थियो भने जेठ र असार महिना मकै खन्ने, धान रोप्ने समय भएकोले कामदार र स्थानिय व्यक्तिको अभाव त्यसपछी वर्खा लागेको र समयमै आवश्यक पर्ने छड,सिमेन्ट,टिन लगायत अन्य आवश्यक पर्ने सामाग्री ल्याउन समेत नसकिएको कारणले गर्दा ममर्त कार्य ढिलो सम्पन्न हुने ममर्त कार्य समितीका अध्यक्ष काशिराम पौडेलले बताउनुभएको छ ।

विगतका २ वर्षमा उक्त मन्दिरमा महाशिवरात्रीको दिन अखण्ड कृतन गाईन्थ्यो तर विगत २ वर्ष पछि मन्दिरमा अखण्ड कृतन गर्न छोडिएको  छ । गाउँका युवाहरु पैसा कमाउनको लागि विदेश बाहिरिने र त्यहाबस्ने वुढावुढि हरुले रातभरी भजन कृतन गाउन नसक्ने हुदा अखण्ड कृतन गाईएको थिएन भने अव आउदो महाशिवरात्री देखि अखण्ड कृतन गरिने मन्दिर कार्यसमितीका सचिव एव्म भजन मण्डलिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनुभएको छ ।

मन्दिरमा शिवजीको मुर्ति, १० किलोको घण्टी सहयोगी व्यक्तित्व टिकाराम पौडेलले २०६१ सालको महाशिवरात्रीमा ५०० औ धातिवाङ्ग वासिहरुको उपस्थितीमा २०६१ सालको महाशिवरात्रीमा भित्रयाईएको थियो, भने पार्वती र गणेशको मुर्ति वुद्धिजिवी व्यक्तित्व वासुदेव पौडेलले २०६२ सालको महाशिवरात्रीमा भित्रयाईएको थियो, र उक्त मन्दिरमा गगन सिंह घिमिरेले दहकुटेश्वर शिवलिङ्ग २०६९ साल फागुन २७ गते भित्रयाउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण