गृहपृष्ठ » मुख्य समाचार, शिक्षाक्यान्सरमुक्त बेलायतीको स्वास्थ्य कमजोर (क्यान्सरबाट जोगिने टिप्ससहित)

क्यान्सरमुक्त बेलायतीको स्वास्थ्य कमजोर (क्यान्सरबाट जोगिने टिप्ससहित)

August 13, 2015३१५ पटक

cancerएजेन्सी– बेलायतमा क्यान्सर रोगबाट मुक्त भएकाहरुको स्वास्थ्य अन्यत्रका क्यान्सरमुक्त ब्यक्तिभन्दा कमजोर देखिएको छ । बेलायतको क्यान्सर सम्बन्धी जर्नलमा प्रकाशित गरिएको सो अध्ययनमा पछिल्लो १५ वर्षमा बेलायतमा क्यान्सरबाट बाँचेका मानिसहरुको तथ्यांकलाई तुलना गरिएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार पछिल्लो समयमा क्यान्सर जितेर बाँच्नेहरुको अवस्थामा उल्लेख्य सुधार आएको छ । तथापी, अन्य मुलुक र बेलायतका क्यान्सर पीडितको स्वास्थ्यमा देखिएको खाडल भने फराकिलो रहेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले बताएका छन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य विज्ञानका अनुसार क्यान्सरबाट बाँचेका मानिसको तथ्यांक खासै ठूलो छैन । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिलकल मेडिसिनले बेलायतका विभिन्न क्यान्सरका रोगीहरु जस्तै मलद्धारा, स्तन, फोक्सो, डिम्बासय र पेटको क्यान्सरबाट बचेका मानिसको तथ्यांकलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे र स्वीडेनका क्यान्सरममुक्त नागरिकसँग तुलना गरेका थिए । सन् १९९५ देखि सन् २००९ को अवधिमा आएको तथ्यांकको परिवर्तनको पनि उनीहरुले अध्ययन गरेका थिए ।
निरन्तर सुधारको बाबजुद पनि अस्टे«लिया, क्यानडा, नर्वे र स्वीडेनको तुलनामा ६ प्रकारका क्यान्सरबाट पाँच वर्ष बाचेकाहरुको संख्या तुलनात्मक रुपमा न्यून रहेको छ ।
बिरामी भएको लामो समयपछि मात्र क्यान्सर भएको पत्तो पाउनुु, उपचारमा कमजोर पहँुच र स्वास्थ्य प्रणालीमा न्यून लगानी यसको कारण हुन सक्ने अनुसन्धानकर्ताहरुले औँल्याएका छन् ।
तर अनुसन्धानकर्ताहरुले एउटा नयाँ विषय पनि पत्ता लगाएका छन् । अन्य मुलकको तुलनामा बेलायतमा सुधारको गति निकै चाँडो देखिएको छ । उदाहरणको लागि स्तनको क्यान्सरबाट पाँच वर्ष बाँचेकाहरुको स्वास्थ्यमा अस्ट्रेलिया, क्यानडा, नर्वे र स्वीडेनको तुलनामा बढी सुधार आएको पाइयो ।
उपलब्ध पछिल्लो तथ्यांकले फोक्सोको क्यान्सरबाट बाँच्नेमा राम्रो उपलब्धी ल्याएको अध्ययनले दर्शाएको छ ।
अध्ययनमा संलग्न मध्येका एक डा. मिचेल कोलीम्यानले बीबीसीसँग भने, ‘बाँच्नेहरुको तथ्यांक स्वास्थ्य प्रणालीको समग्र प्रभावकारीताको मापन हो । उदाहरणको लागि यसको अर्थ यो होइन की चिकित्सकहरु राम्रा वा खराब थिए भन्ने होइन ।’
क्यान्सर रिसर्च युकेले आर्थिक रकम जुटाएको सो अध्ययनमा क्यान्सर सम्बन्धी सचेतनामा सुधार, धैर्य सेवा र उपचार उपयोगी हुने जनाइएको छ ।
सो संस्थाका सारा हिओमले भने, ‘रोगबाट बचेका मानिसहरुको स्वास्थ्य सुधारका लागि बेलायत अन्तर्राष्ट्रिय तहमा संघर्ष गरिहरेको मात्र होइन, बिरामीलाई उपचार गर्ने तीब्रता र आवश्यकता परेको अवस्थामा उनीहरुले पाउने उपचार पनि देशभर भिन्न छ । ’
एनएचएस बेलायतका क्यान्सर प्रमुख सिन डफीले एनएचएसले अहिले ठूलो संख्यामा क्यान्सरका रोगी देखेको बताए । उनले थपे, ‘केही क्यान्सरमा हुने बाँच्ने दरमा सुधारमा तीब्रता आएकोमा हामी उत्साहित छाँै । यसले यसअघिको उपचारका लागि कार्य र सकरात्मक प्रभावसहितको राम्रो नतिजा देखाएको छ । ’
निःसन्देह क्यान्सर रोगहरुमध्ये सबैभन्दा खतरनाक रोग हो । यो पनि भन्ने गरिन्छ कि कुनै पनि व्यक्तिले आफ्नो नाम क्यान्सरसँग जोड्न चाहन्नँ । सामान्य जीवनशैलीमा गरिने परिवर्तनलले क्यान्सर रोगको खतरा रोक्न सकिन्छ ।

क्यान्सर रोक्ने टिप्स

रसायनयुक्त, विषाधियुक्त र क्यान्सर उत्पन्न गर्ने कुनै पनि चिज सम्भव भएसम्म नखानुहोस् । विशेष गरी रातो मासुमा यस्तो क्यान्सरजन्य तत्व हुने हुनाले कहिल्यै उपभोग नगर्नुहोस् ।
प्रशस्त फलफुल र हरियो सागसब्जी सेवन गर्नुहोस् ।
अत्यधिक क्लोरिन नभएको पानी पिउनुहोस् । क्लोरिनले तपाईको आन्द्रालाई असरलाई गर्न सक्छ । यो ब्याक्टेरियाले मानिसको रोग प्रतिरोध प्रणालीलाई कमजोर गराउछ ।
सम्भव भए दैनिक, यदि सकिदैन भने सातामा कम्तिमा एक गिलास फलफुलको जुस पिउनुहोस् ।
खानामा सकेसम्म चिनियुक्त र गुलियोको मात्रा कम गर्नुहोस् । चिनिले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने भएकोले चिनिको सक्दो कम प्रयोग गर्नुपर्छ । स्वास्थ्य खाद्यन्न भण्डारमा पाइने जडिबुटी स्टेभिया चिनिको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।
व्यायाम गर्नुहोस् । व्यायम स्तन र घाँटीको क्यान्सर तथा ट्युमर रोकथामसँग प्रत्यक्ष सम्बन्धित भएकोले दैनिक रुपमा व्यायाम क्यान्सरबाट बच्ने अचुक उपाय हुन सक्छ । ग्रीन टि, दालचिनी, अदुवाको प्रर्याप्त उपभोग गर्नुहोस् ।
अमेरिकाको क्यान्सर रिर्सच संस्थाका अनुसार धुवाँमा पकाएको वा नुन दलेर राखेको मासु कहिल्यै पनि खानु हुदैन । सुकुटी र नुनिलो मासुको उपभोगले कोलोन क्यान्सरको सम्भावना बढी हुन्छ ।
पोटेटो चिप्स भूलेर पनि नखानुहोस् । आलुलाई टुक्रा टुक्रा पारेर तेलमा फ्राई गर्दा क्यान्सर बनाउने तत्व उत्पन्न हुने भएकोले पोटेटो चिप्स नखान विज्ञहरुले सुझाब दिएका छन् ।swasthyakhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण