सिचाई कूलो बने पछि तरकारी खेती बाट मनग्य आम्दानी ।।
२८ साउन बझाङ
सदियौ देखि आकासे पानीको भरमा खेती गरिने लामातोला गाबिस ८ रनिगाँउका कृषकहरु यतिखेर सिचाई कूलो निर्माण भए पछि तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । समाजिक तथा प्राबिधिक विकास सेवा समुह नामक एक स्थानिय गैर सरकारी संस्था अन्तरगत गरिबी निबारण कोषले सिचाई कूलो निर्माण गरि दिए पछि आज भोली रनिगाँउ का स्थानिय कृषकहरु तरकारी खेती तिर आर्कषित भएका छन् । बर्षाै देखि सिचाईको समस्या झेल्दै आएका उनिहरु घर नजिकै सिचाई भएपछि अहिले तरकारी खेती तिर लागेका हुन ।