गृहपृष्ठ » अन्तर्वार्ता, पत्रपत्रीका, समचारसमाचार माध्यमहरु दलका मुख पत्र बनेका छन्

समाचार माध्यमहरु दलका मुख पत्र बनेका छन्

June 20, 2016१४४ पटक

Salim-प्रस्तुती – भुमिराज जोशि

१-तपार्इंको पुरा परिचय पाउँ न ?
नमस्कार म सलिम अनसारी,दक्षिणि प्युठानको हंसपुरबाट निरन्तर पत्रकारिता गरिरहेको छु। मोफसलका हामी केही पत्रकारहरुको सहकार्यमा केही महिना अघि देखि उज्यालो लालटिन अनलाइन चलाइरहेका छौं त्यस्को म प्रधान सम्पादक हुं। प्युठान जिल्ला आसपासका केही संचारमाध्यम बाहेक राजधानिबाट प्रकाशित प्रभाव राष्टिय दैनिक पत्रीकामा कार्यरत छु।

२-तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
– समाज रुपानतरणको अभियानमा शरिक हुने उध्यश्य बोकेर म यस क्षेत्रमा लागेको हुं।

३- कति समय भयो यस पेशामा लागेको ?
– मैले २०६४ देखि पत्रकारिता गर्न थालेको हुं।अहिले लगभग ९ बर्ष पुगेछ। अझै पनि यात्रा जारी नै छ भनौ।

४-कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? (जस्तै मानवअधिकार, बाल, राजनीतिक बिट, आर्थिक, सामाजिक, युद्ध)
– समाजसंग जोडिएका मुद्धा र खोजमुलक जो नागरिक संग बढी सरोकार राख्दछन त्यस्ता बिषयमा कलम चलाउन रुचाउंछु।

५- पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?

-मोफसलमा काम गर्ने पत्रकारहरुको अबस्था दयनिय छ,जुन भनी साध्य छैन।आफू जलेर अरुलाइ उज्यालो दिने मैन बत्तीको भुमिका निर्बाह गरिरहेका हुन्छन।उनिहरुले नै श्रमको मूल्य पाउन सकिरहेका छैन्न। मिडिया हाउसले नियुक्तिपत्र नदिदा बेतलवी काम गर्नुपर्ने अबस्था छ। नियुक्तिपत्र बुझेका पनि संचारमाध्यममा काम गर्ने परिश्रमीको नियुक्ती ऐनमा उल्लेख भएका सेवा सुबिधाहरु पाउन नसक्दा कतिपयको जीवन चलाउनै समस्या छ।अन्य क्षेत्रका अन्याय अत्याचार शोषण दमन लगायतका खबर सार्बजनिक गर्ने पत्रकारहरु आफै श्रमशोषणको सिकार बन्नुपरेको छ। यद्धपी म स्वयंम पनि यी समस्याबाट गुज्रेको छु।अर्को तिर हाम्रो प्युठानमा अझै पनि स्वतन्त्र र ब्यवसायिक पत्रकारिताको बिकास हुन सकिरहेको छैन।पत्रकारलाइ काम गर्न लगाउने न तलब छ न त जस नै।आवाश्यक परेका बखत मिडियाको गुणगान गाउने उपभोग भैसकेपछी सत्तोसराप गर्ने परिपाटी जस्ताको त्यस्तै छ्।

६-मोफसलै भएपनि अन्य जिल्लाको तुलनामा प्युठान जिल्लालाई त अलि बिकसित जिल्लाको रुपमा लिने गरिन्छ, यस जिल्लामा त्यति धेरै समस्या नहोलान, है ?
– हो प्युठानमा प्रेसको बिकास स्वस्फुर्त रुपमा भएको छ।यहाँ संख्यात्मक वृद्धि त भयो तर यस्लाइ गुणात्मक कसरी बनाउने भन्ने अलि कम छ।संख्या बढ्दो छ तर गुणात्मक्ता गिर्दो छ।यहाँ मौलिक्तामा आधारित पत्रकारिताको बिकाश हुन सकेको छैन।देखासिकिको पत्रकारिता छ।पत्रकारितामा बिषयको समाबेशिकरण बढेको पक्कै हो।पत्रकारसम्म बिषयको पहुंच त्यति सहज नभए पनि अहिले नै निराश भैहाल्नुपर्ने नाक खुम्चाइहाल्नुपर्ने स्थिती छैन।मालिकको चाकडिकै भरमा गरिने कठित पत्रकारिताले श्रम गरेर काम गर्ने पत्रकारलाइ पाखा हुत्ताइदिएको छ।समाज र नागरिकका लागि सेवाभावले काम गर्ने पत्रकारलाइ आधारभुत आवाश्यक्ताबाट बन्चित गरेर गरिने पत्रकारिता जसरी नेपाली संचार जगतमा डरलाग्दो समस्या भएको छ त्यसैको असर यहाँ पनि देखिएको छ भन्ने लाग्छ।अझ डरलाग्दो गरि राजनितिक दलका नाममा स्थापित संघ संगठनबाट पत्रकार पत्रकार बिच कित्ताकाटको अबस्था सृजना हुन थालेको छ।हो अहिले यहि खण्ड खण्डमा बिभाजित भएको पत्रकारिताले सक्रमण थपिदिएको छ।अर्को तर्फ तट्स्थताको नाममा हुने अबसरबादी खोल ओढेर फाइदा लिने नाममा निश्पक्ष पत्रकारितामा लागेकालाइ संकट निम्ताइदिएको छ।

७-मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?

– संचार जगतलाइ सरकार राज्यको चौथो अङ्ग भन्ने गर्दछ।तर ब्यबाहार त्यस्तो खालको छैन। राज्य पत्रकारहरुको हकमा उदासिन छ भन्दा त्यति आपत्ती नहोला।
समय जत्ती नै घर्किए नि राज्यले पत्रकारिता क्षेत्रलाइ ब्यबस्थित र मर्यादित गर्न भनेर संरचित गरिएका बिभाग वा संरचनाहरु पनि आवाश्यक्ता भन्दा बढी राजनितिक प्रभावमा परिनुले पनि समस्या पैदा भएको हो।सरकारले जुन ऐन जारी गर्यो त्यसलाइ कार्यान्वयन गर्न नसक्नु हात्तिको देखाउने र चपाउने दात फरक भने जस्तै भएको छ। सरकारले तोकेको न्युनतम पारिश्रमिकलाइ कडाइका साथ कार्यानवयन गर्नु जरुरि छ।नेपाल सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिकलाइ बेवास्ता गर्ने मिडिया हाउसलाइ तत्काल ऐन कार्यान्वयन गर्ने परिपत्र गरि नमानेको अबस्था र आचारसंहिता बिपरित काम गर्ने जुनसुकै संचारमाध्यमलाइ कानुनी कारबाहिको भागेदार बनाइ परि आएको खण्डमा खारेज गर्न सक्नुपर्छ। लामो समयसम्म संचारमाध्यममा काम गरेका अस्थायी पत्रकारलाइ प्रकृया पुर्याइ स्थाइ गरिनुपर्छ।त्यसपछी मात्र पत्रकारले आफ्नो सम्मान आफैबाट भएको महसुस गर्ने छन।पत्रकारहरुको सुरक्षाका लागि कडा कारबाहिको ब्यबस्था गरिनुपर्छ।

८-तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
– नेपाल पत्रकार महासंघ श्रमजिवी नेपाली पत्रकारहरुको साझा संस्था हुनुको नाताले पत्रकारहरुका हक हित र अधिकारका लागि सरकार लगायतका समबन्धित निकायलाइ घचघचाउने कानुनी डायरामा ल्याउने जस्ता पहल गर्दै आएको छ।यद्धपी यो निकै राम्रो कुरा पनि हो।तर पनि अहिले नै सन्तुष्टि भैहाल्ने अबस्था भने छैन।

९-सञ्चारकर्मीहरुका बैचारिक संगठनहरु (जस्तै ः प्रेस चौतारी, युनियन, क्रान्तिकारी) ले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?

-पत्रकारका बैचारिक संघसंगठनहरुले पेसागत भन्दा पनि राजनितीक भुमिकालाइ महत्वपुर्ण मान्दछन।उनिहरुलाइ पत्रकारिताको भन्दा पनि पार्टिको चिन्ता हुन्छ।बिचार र आस्थाका कारण कहिलेकाही मोफसलका संचारमाध्यम तथा सन्चारकर्मीहरुलाइ ओझेलमा पार्ने गरेका छन।बास्तबमा पत्रकारिता जनताका लागि हो।एउटा पत्रकार नै दलिय राजनितिमा लाग्दा राजनितिका कारण पत्रकारिताका मूल्य मान्यता संगै आचारसंहिताको पनि लोप हुँदै गएको छ।संचारमाध्यमहरु दलका मुखपत्र बनेका छन।पत्रकारिताको मर्म र भावलाइ पाखा लगाइदिएको छ। साच्चै भन्ने हो भने पत्रकार हकहितका लागि भन्दै बनाइएका पत्रकारहरुका संगठनहरुले पत्रकारिताभित्र राजनिती गरेका छन।उनिअब प्रश्न उब्जिन्छ कि राजनितिक दलका पत्रकारले दलको चिन्ता गर्लान कि पत्रकारहरुको हक हित र संरक्षणको पक्षमा लाग्लान?बगैचाका फुलहरुमा घुम्ने पुतली जस्तै राजनिती पनि पत्रकारितामा घुम्ने पुतली बनेको छ।त्यसैले यस्ले पत्रकारिताबाट लिने सुगन्ध के छ भनी बुझ्न जरुरी छ।

१०-तपाइको विचारमा पत्रकारिता के हो ?

– बास्तवमा पत्रकारिता समाजको ऐना हो। जो समाज र समुदायसंग जोडिएको हुन्छ।जस्ले दुनियांको खबर ग्रामिण समुदायमा र समुदायका खबर स्थानिय समुदायमा, समुदायका गतिबिधी दुनियाभरी पुर्याउंछ।पत्रकारिता क्षेत्र समाज परिबर्तनका लागि एउटा आधारशिला तथा जिम्मेवारीपुर्ण मर्यादित पेशा हो।समाज रुपान्तरणका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने दायित्व पत्रकारिता जगतको रहेको हुन्छ।
मेरो ख्यालमा पत्रकारिताले ती समाजमा लुकेका संभावित र हुनुपर्ने सवाल एव बिषयबस्तुको उठान गरि जनसमुदायलाइ यथार्थ सुचित गर्नुपर्छ।हो त्यसैले समाजको सकारात्मक बिकास गर्न प्रेरित गर्नु नै पत्रकारिता हो।पत्रकारिता आवाज बिहिनहरुको आवाज हो।जस्ले जनताको बोली बोल्छ समाज र समुदायको बोली बोल्छ।

११-कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
– पत्रकारिता सेवा हो,धर्म हो।सेवा र धर्मको प्रतिफल के हो? आज सम्म मैले पाएको पाठकको माया नै मेरो कमाइ हो।

१२नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
– सहि र महत्वपुर्ण सवाल उठान गर्नु भो,कहिकतै यो प्रबृती पनि देखापर्ने गरेका छन।पत्रकारिता क्षेत्र आग्रह पुर्बाग्रहबाट मुक्त हुन सकेको छैन।अझ लहडका भरमा पत्रकारितामा प्रबेस गरेका ब्याक्तिहरुले निहित स्वार्थका आधारमा बिषयबस्तु उठान गरेकै कारण यो पेशा बदनियत बन्दै गएको अबस्था पनि नरहेको होइन।
पत्रकार पनि यहि समाजका सद्स्य हुन। समाज र समुदायलाइ सकारात्मक मार्गमा हिडाउन भुमिका निर्बाह गर्नुपर्ने पत्रकारहरु आफैले समस्या निम्ताउनु र गलत गोलचक्करमा फस्दा पत्रकारिता माथी नै कालो धब्बा लाग्ने गरेको छ यो नितान्त गलत प्रबृती हो।यो सवालमा आम संचारकर्मिहरु स्वयम् नै गम्भीर हुनु जरुरी छ। तर अर्को तिर पत्रकारहरुको आचारसंहिता राम्रो संग कार्यान्वयन गर्न नसक्दा यस्ता प्रबृती देखिएका हुन।यस्तो गलत प्रबृती न्युनिकरण गर्न पत्रकार महासंघ नै कस्सिनुपर्ने देखेको छु।पत्रकारको निश्चित मूल्य मान्यताको मापड्ण्ड कार्यान्वयन गर्न नसक्नु महासंघको पनि कमजोरी हो भन्ने लाग्छ।अब हामी सबै पत्रकार शुद्धिकरणको अभियानमा लाग्नुपर्ने बेला आएको छ।

१३-तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा !

– आत्मा साक्षि राखेर बोलेको छु आफै यो क्षेत्रमा अनबरत यात्रा गरेको झन्डै एक दशक बितेको छ।आजको दिनसम्म यस्तो स्थिती सिर्जना गरेको छैन र भोलि पनि यो प्रबृती अपनाइदैन। मलाइ एउटा पत्रकार कस्तो हुनुपर्छ यो पेशा गरिरहदा उस्को काम कर्तव्य जिम्मेवारी र दायित्व के हो भन्ने कुरामा म सचेत छु। मेरा खबरहरु नै यस्का गतिला प्रमाण हुन।

१४-यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
– पहिलो कुरा पत्रकार स्वयम्ले बुझ्नै पर्छ कि मेरो धर्म के हो? आफ्नो दायित्व, जिम्मेवारी,काम कर्तव्य के हो? खास गरि पत्रकार आफै ठिक बाटोमा हिड्ने हो भने धेरै समस्या सामाधान हुन्छन भन्ने लाग्छ अर्को कुरा पत्रकार महासंघ आचारसंहिता कडाइका साथ कार्यन्वयन गर्न लाग्नुपर्छ।
पत्रकारिता क्षेत्रमा केही त्यस्ता ब्याक्तिहरुको हालिमुहाली छ कि जस्ले पैशा र पदलाइ अस्त्र बनाएर श्रमजिवी पत्रकारहरुको श्रम शोषण मात्र गरिरहेका छैन्न कि उनिहरुको भविश्य माथी नै खेलवाड गरिरहेका छन।पत्रकारिताको आबरणमा राजनितिक स्वार्थ पुर्तिका लागि जस्तो कदम पनि चाल्न तयार यस्ता केही मिडिया संचालकका कारण सिङ्गो स्वतन्त्र प्रेस जगत नै बदनामी बनेको अबस्था छ।लाग्छ तिनीहरुकै कारण नेपाली पत्रकारिता अहिले प्रायोजित भैरहेको छ। बदनामी भैरहेको छ। त्यसैले अब मिडिया हाउस पनि छानविनको डायरामा ल्याइनुपर्छ भन्ने मेरो धारणा हो।

१५-मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
-सचारमाध्यम ब्याक्तिका भन्दा समाज र राष्ट्का हुन।यिनिहरुको संरक्षण गर्ने दायित्व पनि राज्य कै हो।त्यसैले मोफसलका संचारमाध्यमलाइ कसरी जोगाउन सकिन्छ भन्ने तर्फ उ गम्भीर हुनु जरुरी छ।त्यसो त राज्यले मात्र दिएर स्थानिय संचार माध्यम चल्न सक्दैन्न।त्यस्का लागि स्थानियस्तरमा पनि श्रोतको खोजी संचारगृह आफैले पनि खोज्नु जरुरी छ।काउन्सिल र महासंघले पनि मोफसलका मिडियाका समस्या पत्रकारका समस्या राज्यस्तरमा पुर्याउने र मिडियामैत्री नीति निर्माण गर्न भुमिका खेल्नुपर्छ।

१६-अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
– आम संचारकर्मी समाजका सहजकर्ता हुन सचेतक हुन र ऐना हुन।त्यसैले पत्रकार स्वतन्त्र हुनु जरुरी छ। मैले पत्रकार र पत्रकारिताको मर्यादालाइ केन्द्रमा राखेर बिचार पेश गरेको हुं।यद्धपी यो बहस र छलफलको बिषय हो नै।साथै हजुरहरुको यो लोकपिर्य पत्रीका मार्फत मेरा कुराहरु प्रस्तुत गर्ने अबसर दिनुभएकोमा बिम्ब साप्ताहिक र तपाइको निरन्तर प्रगतिको कामना गर्दछु।

समय र बिचारका लागि धन्यबाद ।

बिम्व साप्ताहिकमा २०७३ जेष्ठ २५ गते मंगलवार प्रकाशित

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण