गृहपृष्ठ » मुख्य समाचार, समचारछुट्टाछुट्टै सवारी दुर्घटनामा मकवानपुरमा ३ जनाको ज्यान गयो ।।

छुट्टाछुट्टै सवारी दुर्घटनामा मकवानपुरमा ३ जनाको ज्यान गयो ।।

August 13, 2015१७१ पटक

२८ साउन मकवानपुर
मकवानपुरमा आज भएको दुई छुट्टाछुट्टै सवारी दुर्घट्नामा तीन जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने थाहा नपागरपालिका ९ दामनमा सवारी दुर्घटनामा २५ वर्षीय ट्रक चालक थाहा ११ का राजेश लामा र १७ वर्षीय सहचालक थाहा १० का कुमार बलको घटनास्थलमा नै मृत्यु भएको हो । बीरगञ्जबाट काठमाडौंतर्फ चामल लोड गरेर गइरहेको ना ३ ख ९८९३ नम्वरको मालबाहक ट्रक दामनको ओरालोमा दुर्घटना हुँदा दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्र्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी शिशु शर्माले ट्रक सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण