कपिलवस्तुमा पनि अनिश्चितकालीन बन्दको आव्हन ।।
२८ साउन कपिलवस्तु
थरुहट तथा अखण्ड मधेश प्रदेशको माग गदैं आजदेखी विभिन्न दल सम्वद्ध संघसंगठनले कपिलवस्तुमा पनि अनिश्चितकालीन बन्दको आव्हान गरेका छन् । बन्दका कारण कपिलवस्तु सदरमुकाम तौलीहवाबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधन चलेका छैनन् । भने पुर्व पश्चिम राजमार्गमा केहि सवारीका साधन छिटफुट रुपमा चलेका छन् । बन्दकर्ताबाट कुनै पनि अप्रिय घटना नघटोस भनेर जिल्लाका प्रमुख बजारका चोक चोकमा प्रहरी घटाईएको प्रहरीले जनाएको छ ।