गृहपृष्ठ » खेलकुद, मुख्य समाचारबालबालिकालाई ‘पुनःनिर्माण खेल’ गराएर उत्साह थप्दै ।।

बालबालिकालाई ‘पुनःनिर्माण खेल’ गराएर उत्साह थप्दै ।।

August 13, 2015३१९ पटक

२८ साउन नुवाकोट
भूकम्पका कारण मनोसामाजिक असरमा परेका विद्यार्थीलाई ‘पुनःनिर्माण खेल’ गराएर उत्साह थप्ने काम नुवाकोटमा भएको छ । स्पेक, जापान संस्थाले छ वर्षदेखि नेपालका बेसहारा र टुहुरा बालबालिकाका लागि आयोजना गर्दै आएको खेलकुद महोत्सव यस पटक भूकम्प प्रभावित सामुदायिक विद्यालयका बालबालिकाका लागि ‘पुनःनिर्माण खेल’ मा परिणत गरिएको हो । सो विद्यालयमा अध्ययनरत करिब सात सय विद्यार्थी र छिमेकी विद्यार्थीलाई विभिन्न जापानी खेल, नृत्यका साथै भलिबल प्रतियोगितामा सहभागी गराइएकोे जानकारी गराईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण