गृहपृष्ठ » मुख्य समाचार, राजनीतिवार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्ने प्रधानमन्त्रीको प्रतिवद्धता ।।

वार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्ने प्रधानमन्त्रीको प्रतिवद्धता ।।

August 13, 2015२०३ पटक

२८ साउन काठमाण्डौ ।।
प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्ने प्रतिवद्धता जनाउदै वार्तामा आउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै उहाँले अब संविधान आउने निश्चित भएको र यसबाट फर्किने अवस्था नरहेको स्पष्ट गर्नुभयो । संविधान निर्माण हुन लागेका समयमा सहयोग पु¥याउन सबै पक्षलाई प्रधानमन्त्रीले आह्वान गर्नुभयो । प्रधानमन्त्री कोइरालाले सङ्घीताका कारण कठिनता देखिएको बताउनु भयो । हालको मस्यौदा अन्तिम नभएको र संविधानलाई पछि पनि समयानुकूल परिवर्तन गर्न सकिने भएकाले सबैलाई धैर्य गर्न प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो ।
यसैबीच संसदको बैठकमा जबाफ दिदै उपप्रधानमन्त्री वामदेव गौतमले सुृर्खेतमा प्रदर्शनकारी सार्वजानिक यातायातका साधनमाथि आगजनी गर्न उत्रेकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन बाध्य भएर बल प्रयोग गरेको बताउनुभएको छ । साउन २५ गते सुर्खेतमा प्रदर्शनकारीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) कार्यालयमा आगजनी तथा सभासद द्वय पूर्णबहादुर खड्का र हृदयराम थानीको घरमा क्षति पु¥याएको जानकारी दिनुभयो । जुम्लामा समेत प्रदर्शनकारीले स्थानीय सरकारी कार्यालय घेराउ गरी अखण्ड कर्णालीको माग गरेको र सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक सभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्ने बताउनुभयो । सङ्घीयता राज्यबाट प्राप्त हुने सुविधा कसरी सहज पु¥याउने भन्ने सोचका साथ आफूहरू आएकाले व्यक्ति व्यक्तिका भन्दा साझा नेपालीका इच्छा र चाहनालाई यस क्रममा सम्बोधन हुने स्पष्ट गर्नुभयो ।
यस्तै एकीकृत एमाओेवादीका अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने बताउनुभएको छ । यस पटक पनि संविधानसभाबाट संविधान बनाउन सकिएन भने ठूलो दुर्भाग्य हुने प्रचण्डको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण