गृहपृष्ठ » फोटो ग्यालरी, मुख्य समाचार, समचारकुर्घाका ३ परिबार पहिराको जोखीममा ।।

कुर्घाका ३ परिबार पहिराको जोखीममा ।।

August 13, 2015५५८ पटक

अनिश गैरे,
गुल्मी, २८ साउन ।।

गुल्मीको कुर्घा ६ पौसिया भन्ने स्थानमा पहिरो जाँदा ३ घर परिबार पहिरोको जोखीममा परेका छन ।

३ घर मध्ये एक घरपरिबार बिस्थापित भईसकेका छन भने अन्य २ परिबार जोखीम मोलेर बस्न बाध्य भएका छन । सोही ठाँउमा बस्ने रामकली थापा बिस्थापित हुनभएको हो भने भिम बहादुर थापा र गुमान बहादुर थापा जोखीम मोलेर बस्न बाध्य भएको सोही ठाँउका स्थानिय बम बहादुर केसीले जानकारी दिनुभयो ।

 

जस अनुसार गुमान बहादुर थापा र भिम बहादुर थापाको परिबारलाइृ तत्काल अन्यत्र सार्नु पर्ने देखिएको छ ।पहिरो जाँदा करिब ५० मुरी उब्जाउ हुने खेत पुर्ण रुपमा बगाएको छ भने स्थानीयहरु लाई त्याहा बस्न समेत त्रसित बनाएको छ ।

“पहिरो जाने दिन बिहान बाहिर निस्केकी थिए, वरिपरि रहेका सुन्तलाका रुखहरु एक्कासी पहिरोले बगायो, म आत्तिदै परिबारलाई सचेत गराएँ धन्न मानबिय क्षती भएन ” पहिरो पिडीत रामकली थापाले भन्नुभयो । पहिरोले उहाँँको चर्पी तथा दाउरा राख्ने टहरो बगाएको छ भने आफु बस्ने घर पनि बगाउने स्थितीमा रहेको उहाँले बताउनुभयो ।

उहाँले आफ्ना घरमा भएका सामग्रीहरु तथा पशु चौपायाहरुलाई अन्यत्र सार्नुभएको छ भने आफन्तकोमा बास बसिरहनुभएको छ । प्रहरी चौकी वामीलाई जानकारी गराईएको र केही क्षती पुर्तिको आशामा रहेका उहाँको भनाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण