गृहपृष्ठ » अन्तर्वार्ता, अार्थिक, मुख्य समाचारअन्तराष्ट्रिय मरिन कम्पनिका माउन्टेन साईकल बुटवलमा

अन्तराष्ट्रिय मरिन कम्पनिका माउन्टेन साईकल बुटवलमा

June 9, 2016३७८ पटक

जेष्ठ २७, बुटवल । आफुलाई जे मन पर्छ त्यसैलाई पेशा बनाउदा पेशागत सफलता र सन्तुष्टि मिल्छ भन्नेमा बुटवलका युवा ब्यबसायी बिबेक ज्ञवालीलाई बिश्बास छ । सानैदेखि साईकल राईडिङ गर्न मन पराउने बिबेक र अर्का युवा ब्याबसायी सुमित श्रेष्ठले अहिले बुटवलको मिलनचोक स्थित तीनकुनेमा एमटिबि यार्ड नामक माउन्टेन साईकलको सो रुम र सर्भिस सेन्टर खोलेका छन । एमटिबि यार्डमा अन्तराष्ट्रिय मरिन कम्पनिका माउन्टेन साईकल र तिनका स्पेयर पार्टस्को बिक्रिबितरण हुनुका साथै मर्मत पनि गरिन्छ । नेपाली राईडर्सहरुमा साईक्लिङ रमाईलो र स्बास्थ्यका लागि मात्र हुने गरेपनि यो खेलको रुपमा बिकाश हुन नसकेको प्रति उनिहरुको चिन्ता र चासो देखियो । प्रस्तुत छ एमटिबि यार्डका संचालक बिबेक ज्ञवालीसंग दिनेश श्रेष्ठले गरेको कुराकानी ।1451349_1065118403540195_6397772840279431512_n
 अरु साईकलभन्दा मरिन ब्राण्ड कुन मानेमा फरक छ ?
यस्तो छ, अरु कम्पनिहरु संख्यात्मक उत्पादनलाई बढि जोड दिन्छन् भने यो मरिन ब्राण्डले थोरै उत्पादन गर्छ तर गुणस्तरिय साईकलहरु उत्पादन गर्छ । यसमा हाईड्रोलिक ब्रेक छ, हाफ सस्पेन्सन, फुल सस्पेन्सन , सकर र यसको बोडी सबै युनिक छ । यो सबै भनेर भन्दा पनि राईड गरेर अनुभब हुने कुरा हो । अरु ब्राण्ड भन्दा यो धेरै बिशेषताले भरिपुर्ण छ । यसको लुक्स त्यस्तै राम्रो छ ।
यस्ता खाले ब्राण्डेड साईकल प्रयोगमा बुटवलको मार्केटलाई कसरि मुल्यांकन गर्नुहुन्छ ?
माउन्टेन साईकलको कम्पेरिजन अरु कम्पनिका साईकलसंग गर्न मिल्दैन । हामी बुटवलमा भर्खरैमात्र यो ब्याबसाय शुरु गरेका छौ । अहिलेसम्मको फिटब्याकलाई हेर्दा युवा पिडिमा यसको क्रेज धेरै छ । अब हामी साईकल राईडिङलाई आफै पनि प्रर्मोट गर्दैछौ । त्यसैले हामी यो ब्याबसायमा सफल हुन्छौ भन्ने बिश्बास छ । सम्भाबनाहरु धेरै छन र नया सम्भाबनाहरु पनि बनाउदै लानुपर्छ ।

धेरै ब्राण्डेड साईकलका प्रयोगकर्ताहरु किनिसकेपछि केहि समस्या देखिदा त्यसका स्पेयर पार्टस् नपाएर रिपेयरिङको समस्याले हैरानिमा परेको देखिन्छ, तपाईहरुको पनि त्यस्तै हुने त होईन ?

हामी यहि कुरालाई मध्यनजर गर्दै आफैले सभिर्स सेन्टर र स्पेयर पार्टस पनि राखेका छौ । मरिन ब्राण्डका हरेक मोडलका साईकलका हरेक स्पेयर पार्टस हाम्रोमा उपल्ब्ध छन । साथै हामिसंग अनुभबि र तालिमप्राप्त मेकानिक्स् पनि भएकाले साईकल किनिसकेपछि आईपर्ने हरेक समस्याको समाधान हामीबाटै हुन्छ ।13393237_10206547581397107_442255349_n copy
यहा बिक्रि हुने साईकलहरु कति मुल्य सम्मका छन ?
पपुलर अमेरिकी ब्राण्डेड कम्पनि भएकाले पनि यसको मुल्य अरुको भन्दा अलि बढि हुनु स्वभाबिक हो । यसका बिशेषता हेर्दा पनि अरु भन्दा धेरै मानेमा राम्रा छन । सामान्यतया हामीकहां कम्तिमा ५४ हजार देखि बढिमा ३ लाख सम्म पर्ने साईकलहरु छन ।

अरु कम्पनिका यस्तै लुक्स देखिने साईकलहरु पनि बजारमा भेटिन्छन, ग्राहकले कसरी चिन्ने कुन असली कुन नक्कली ?
साईकल हेरेर भन्दा पनि यसलाई राईड गरेपछि यसका फिचरहरु बुझ्न सकिने हुनाले हामी साईकलका पारखिहरुलाई हाम्रा साईकलहरु टेष्ट राईड गर्न अनुरोध गर्न चाहन्छौ । एक पटक राईड गरिसकेपछि उहाहरुले आफै थाहा पाउनुहुन्छ । साईकलको गुणस्तरियता छुट्याउन पनि राईड गर्न आबश्यक छ । साथै लुक्सलाई भन्दा पनि हामीले ब्राण्डलाई बिश्बास गर्ने हो । त्यसैले मरिन ब्राण्ड चिनेर प्रयोग गर्न पनि हामी ग्राहकहरुलाई अनुरोध गर्दछु ।
 नेपालमा साईक्लिङको संस्कार बिकासका लागि हामी राईडरलाई प्रमोट गर्दैछौ भन्दै हुनुहुन्थ्यो, कसरी प्रमोट गनुहुन्छ ?
भुगोलको हिसाबले पनि नेपालमा माउन्टेन साईकल राईडिङ्गका प्रसस्तै अवसर र सम्भाबनाहरु छन । बेलाबेलामा बिभिन्न अन्तराष्ट्रिय स्तरका प्रतिष्पर्धा पनि नेपालमा आयोजना गरिन्छन । तर त्यसमा नेपालीहरुको खासै सहभागिता हुदैन र भएपनि त्यस्तो उत्कृष्टता देखिदैन । त्यसैले साईक्लिङ फन मात्र होईन गेम पनि हो भन्ने कुरालाई हामीले साईकलका पारखिहरुलाई बुझाउन चाहान्छौ । बेलाबेलामा हाम्रा साईकल प्रयोकर्ताहरुलाई नया नया साईटमा साईक्लिङका लागि लाने योजनामा छौ ।

यो ब्याबसाय संचालनका लागि कति लगानि गर्नुभयो ?
म र मेरो साथि सुमित श्रेष्ठको यसमा लगानि छ । हामिले अहिले शुरुवातीका बेला ३० लाख लगानि गरेका छौ । अब आबश्यकता र माग अनुसार हामी लगानी बढाउदै लाने सोचमा छौ ।
 यो ब्याबसाय संचालनमा तपाईहरुलाई कुन कुन क्षेत्रबाट साथ र सहयोग छ ?
हामी दुबैजना हाम्रो पारिबारिक ब्याबसाय पनि गर्दै आएका छौ । म लामो समयदेखि बुटवलमा बिबेक फेन्सि संचालन गर्दै आएको छु र मित्र सुमितले पनि मणिग्राममा वालिङ डिजल्स् संचालनको अनुभब छ । ब्याबसायिक अनुभबसंगै त्यही तहका साथिहरु ह्ुने हुदा बुटवलमा बिभिन्न पेशा ब्याबसाय गर्ने मित्रहरुको हामीलाई ठुलो साथ र सहयोग छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सम्पुर्ण साईकलका पारखिहरुलाई एकपटक हाम्रो सो रुम भिजिट गर्नका लागि अनुरोध गर्दछु । साथै साईकल खरिद गर्दा पनि निकै बिचार पुर्याउन अनुरोध गर्दछु । किनकि कम गुणस्तर भएका हेर्दा उस्तै देखिने साईकलहरुबाट बच्नुहोला । नया साईकल किन्ने सोचमा हुनुहुन्छ भने एक पटक मरिन ब्राण्डलाई टेष्ट राईड गर्न नछुटाउनुहोला भन्न चाहन्छु र अन्त्यमा हाम्रो ब्याबसायिक प्रबद्र्धनका लागि तपाईले गरेको सहयोग प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण