गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारपढाई खर्च जुटाउन सहर छिर्छन् विद्यार्थी

पढाई खर्च जुटाउन सहर छिर्छन् विद्यार्थी

August 13, 2015३७६ पटक

गुल्मी । ०७२ साउन २८ गते,

बस्तु-१ हुलाकेका ११ वर्षीय रमेश मुखिया र १६ वर्षीय प्रेम मुखिया साउन २८ गते सदरमुकाम तम्घासको चिदीचौर छेउमा डौडे निउरो बेच्दै थिए । बिहानको पौने दश भएकाले स्कुल जाने विद्यार्थीहरूको पनि भिड थियो ।

 

डौडे बेच्न व्यस्त उनीहरूलाई देखेर स्कुले पनि अचम्म परेर हेरिरहेका थिए । झिसमिसेमै डोको र झोलाभरी डौडे बोकेर पाँच घण्टाको बाटो हिँडेर सदरमुकाम आएका उनीहरुको थकानले होला अनुहारमा उर्जा थिएन ।

 

रमेश स्थानीय कुमारी निमाविको कक्षा पाँच र प्रेम कक्षा आठमा पढ्छन् । अहिले बर्खे बिदा छ । उनीहरू १ महिने बिदाको मौका छोपी डौडे निउरोको व्यापार गर्छन् । त्यहि पैसाले पर्ढाई खर्च र नयाँ कपडाको जोहो चलेको छ । छापहिले गाविसको लेकमा पाइने डौडे निउरो टिप्न उनीहरूलाई एक दिन लाग्छ ।

 

दुई दिनको मेहेनतपछि सङ्कलन गरिएको मुठा डौडे बेचेर २० रुपियाँ आम्दानी हुन्छ । एक डोको बेचे पनि तीन सय भन्दा बढी आम्दानी नहुने प्रेम बताउँछन् । भाइ र म आउँछौ उनले भने दुई भाइले बेचे पनि पाँच सय भन्दा बढी हुँदैन । साउन ३१ गतेसम्म स्कुल बिदा छ । बिदाको मौका छोपेको प्रेमले भने । इस्मा रजस्थल – १ को कुमारी निमावीका दुई सय ६८ विद्यार्थी मध्ये ९५ प्रतिशत बालबालिका कुमाल समुदायका छन् । विद्यालयका प्रध्यानाध्यापक निलकण्ठ भण्डारीकाअनुसार ९५ प्रतिशत विद्यार्थीमध्ये २५ प्रतिशत विद्यार्थीको परिवार मात्र आत्मनिर्भर छन् । बिदामा मात्र होइन विद्यालय छोडेर पनि व्यापार र माछा मार्न हिँड्ने गरेको भण्डारी बताउँछन् । न्यून आयस्तर भएका कुमाल समुदायका बालबालिका कतै बाध्यता र कतै चेतनाको कमीले पनि विद्यालय नआउने प्रधानाध्यापक भण्डारीको बताउँछन् । बस्तु,अम्मरपुर, इस्मा लगायतका स्थानमा बस्ने कुमाल बालबालिका बिदाको मौकामा मेला महोत्सव र अन्य समयमा जिल्लाका थुप्रै स्थानमा केही न केही व्यापारमा पुग्ने गर्छन् । माछा र मौसमअनुसार पाइने अम्बा, सुन्तला, डौडे, काली निउरो, नास्पाती र कटहर उनीहरूको प्रमुख व्यापार हो ।

 

सरकारी तथ्याङ्कअनुसार कक्षा एकमा भर्ना भएका एक चौथाई विद्यार्थीहरूले १० कक्षा नपुग्दै विद्यालय छोड्छन् । त्यसमा पनि एसएलसी पास गर्नेहरू जम्मा ४७ प्रतिशत मात्रै रहन्छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण