गृहपृष्ठ » देवदह विशेषउम्मेद्बारी फिर्ता लिदै भट्टराई सहित नौ जना पदाधिकारी अर्को समानन्तर कमिटी बनाउने निर्णय

उम्मेद्बारी फिर्ता लिदै भट्टराई सहित नौ जना पदाधिकारी अर्को समानन्तर कमिटी बनाउने निर्णय

August 14, 2015२८८ पटक

सुसान आचार्य /उज्यालो लालटिन मलेसिया साउन २८

बिधान बिपरित अबैधानिक रूपमा पैसा र राजनीतिक चल्खेलमा बिबादास्पद ब्यक्तिलाइ एन आर एन मलेसिया को अध्यक्ष मा प्रस्तावित गरि उम्मेद्बारी दिलायको भनी अर्का प्रस्तावित उम्मेद्बार हरि प्रसाद भट्टराई ले उम्मेद्बारी फिर्ता लिनुभएको छ ।
मलेशिया स्थित संघ को कार्यलयमा गरिएको पत्रकार सम्बेलन मा भट्टराई सहित अन्य नौ जना जिम्मेवार तथा विभिन्न पद मा प्रस्तावित उम्मेद्बार तथा सदस्य हरुले उम्मेद्बारी फिर्ता लियको जानकारी दियका छन ।
अबैधानिक नितान्त मनोगत तथा ब्यक्तिगत फाइदाका लागि गर्न लागिएको अधिबेशन ले समग्र प्रबासी नेपाली तथा मजदुर बर्ग मा हित नगर्न भन्दै अधिबेशन मा भाग नलिने र छिट्टै सम्पुर्ण मलेसिया बासी नेपाली हरु आम मजदुर बर्ग लाई समेटन सक्ने समाबेसी सम्रचना निर्माण गर्न जानकारी दियका छन ।
यस्तै अध्यक्षका अर्का उमेदवार महेन्द्र जङ साहिले भने बिगतमा संगठन ले मजदुर हितमा काम गर्न नसकेको र एकल रूपमा चलेको भय पनि अब मिलेर जान सकिने धारण राख्नु भएको छ ।
गैर आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय सबन्मय समितिका सदस्य भबानि सङ्खर तिवारीले भने बिबादास्पद रूपमा देखियका र असन्तुष्ट पछ्य बाट आरोपित बनेका उमेदवार बारे छानबिन गरिने र गल्ती पाय उम्मेद्बारी रद्द गरिने जानकारी दिनु भएको छ ।
लामो समय देखि विभिन्न कारणबाट बिबादास्पद बन्दै आयको एन आर एन बारे मलेसिया मा हुन लागेको को संघ को चौथो अधिबेशन बारे भने अधिकाम्स नेपाली अनबिज्ञ रहेका छन ।
आउदो अगस्ट २२ मा तय गरिएको अधिबेशन काग लाई बेल पाक्यो हर्ष न बिसम्त हुने यहाँ का अधिकाम्स नेपाली को बुझाइ छ ।मजदुर का नाम बेचेर आफ्नो झोली भर्न दलाल हरुको चिल्ला कुरामा भर पर्नु को कुनै तुक नभएको भनी यो अधिबेशन लाई अधिकाम्स नेपाली हरुले बहिष्कार गरि सक्यका छन ।
ए ने क पा माओवादी का प्रस्तावित उमेदवार तथा प्रतिनिधि सहित नौ जनाले सामुहिक रूपमा अधिबेशन को मुखै बाट राजीनामा दिनुले संगठन भित्र ठुलो समस्या रहेकोे हुन सक्ने धेरै को बुझाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण