गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिधर्मनिरपेक्षता हट्ने, विधेयक बनाउने जिम्मा कार्यदललाई

धर्मनिरपेक्षता हट्ने, विधेयक बनाउने जिम्मा कार्यदललाई

August 14, 2015२९७ पटक

२९ साउन, काठमाडौं । संविधानमा धर्मनिरेपक्षता हटाउने र त्यसको सट्टा केही उल्लेख नगर्ने तथा राजनीतिक मान्यता पाउन दललाई निश्चित मतको सीमा (थ्रेसहोल्ड) को व्यवस्था राख्न प्रमुख दल सहमत भएका हुन्।संविधानसभाले धर्म र थ्रेसहोल्डको विवाद संवाद समितिबाट नटुंगिएपछि त्यसको जिम्मा मस्यौदा समितिलाई नै दिएको छ।

मस्यौदा समितिले संविधानको विधेयक बनाउन सुरु नगर्दै धर्म र थ्रेसहोल्डको विवाद टुंगोमा पुगिसकेको दाबी कांग्रेसका एक नेताले गरे। ‘शीर्ष नेताहरूबीच भएका औपचारिक-अनौपचारिक छलफलमा धर्म र थ्रेसहोल्डको विवाद टुंगिसकेको छ’, मस्यौदा समितिमा रहेका कांग्रेसका ती नेताले अन्नपूर्णसँग भने, ‘धर्मनिरपेक्षता हट्छ, थ्रेसहोल्ड रहन्छ।’

देशको परिचयमा मुलुक ‘बहुधार्मिक’ भन्ने उल्लेख हुने भएकाले चार दलबीच धर्मका विषयमा अरू केही नलेख्ने सहमति भएको ती नेताले बताए।राष्ट्रिय मान्यता पाउन दलहरूका लागि निश्चित मत पाउनुपर्ने सीमा (थ्रेसहोल्ड) संविधानमा राख्नेमा पनि दलहरूबीच सहमति भइसकेको ती नेताले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘कति प्रतिशत थ्रेसहोल्ड राख्ने नभनौं तर थ्रेसहोल्ड राख्ने सहमति भइसक्यो’, ती नेताले भने। दलहरूबीच १ देखि ५ प्रतिशत थ्रेसहोल्डका विषयमा छलफल भइरहेको छ।सर्वोच्च अदालतका न्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको विषय भने टुंगिन नसकेको ती नेताले बताए।

कांग्रेस पुनर्नियुक्तिका पक्षमा छैन भने एमाओवादी र एमाले पुनर्नियुक्ति छोड्ने मनस्थितिमा छैनन्। ‘यो विषय मस्यौदा समितिमा मतदानबाट पनि टुंगिन सक्छ’, कांग्रेस स्रोतले भन्यो, ‘यसमा सहमति हुने छाँटकाँट अहिले देखिएको छैन।’ दलहरूबीचको सहमतिका आधारमा कार्यदलले छुटेका विषयमा समेटेर विधेयक बनाउनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण