गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारनेपालमा बच्चा जन्माएर इजरायल

नेपालमा बच्चा जन्माएर इजरायल

August 14, 2015३७९ पटक

२९ साउन, काठमाडौं । शक्तिशाली भूकम्पले नेपालमा ताण्डव मच्चाएको ठिक तीन दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ–७४७ हवाईजहाज तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो। जहाजमा २ सय २९ यात्रुमध्ये १५ जना ‘सरोगेट’ शिशु थिए। नेपालमा जन्मेका ती सबै शिशुको उमेर ६ साताभन्दा कम थियो।

Baby१५ शिशुमध्ये केही इजरेली आमाबाबुसँग थिए भने अरूलाई जहाजका इजरेली यात्रुले स्याहार्दै ल्याएका थिए। तर ती शिशुका सरोगेट आमा भने इजरेली जहाजमा थिएनन्, किनभने उनीहरूलाई शिशुसँगै जहाजमा जान अनुमति नभएको नागरिकमा खबर छ ।
बेन गुरियन विमानस्थलमा १५ शिशुको अवतरणसँगै नेपालबाट इजरेल भिœयाइएका सरोगेट शिशुको खेप सकिँदा नेपालमा भने भूकम्पको मृतक संख्या ४ हजार उकालो लाग्दै थियो। ती १५ जना शिशु इजरेल पुगेसँगै नेपालबाट लगिएका इजरेली सरोगेट शिशुको संख्या भने २६ पुग्यो।
तेलअभिभका सडकमा इजरेली चिकित्सकले सरोगेट नवजात स्याहार्दै गरेका तस्बिर इजरेलभर व्यापक भएपछि ‘सरोगेट शिशुका लागि नेपाली सरोगेट आमामाथि इजरेली निर्भरता’ विषय पनि उत्तिकै प्रचारित भयो। यससँगै नेपाल र इजरेलबीच त्यसबेलासम्म अज्ञात रहेको यस्तो सम्बन्धले इजरेलमा अन्तर्राष्ट्रिय सरोगेसीबारे नैतिकताको विवाद पनि सिर्जना गर्योब।
इजरेलमा विपरीत लिंगी दम्पतीले मात्र सजिलै सरोगेट आमा भाडामा लिन पाउने कानुनी व्यवस्था छ। गे (समलिंगी पुरुष दम्पती) र एकल अभिभावकले सरोगेट शिशुका लागि विदेशकै मुख ताक्नुपर्छ। सरोगेसीको खर्च थोरै लागे पनि स्तरीय चिकित्सा खर्च सामान्यतया बढी लाग्ने भारत नै धेरै वर्षसम्म यस्ता इजरेलीको पहिलो प्राथमिकतामा थियो। तर भारतले सन् २०१३ मा कानुन परिवर्तन गरी समलिंगी पुरुष र विवाह भएको दुई वर्ष पनि नपुगेका दम्पतीले सरोगेट शिशुका लागि सरोगेट आमा राख्न नपाउने व्यवस्था लागू गर्योस।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण