गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिमधेसीले नै मागे, ‘पहाड मिसाएर तराईमा प्रदेश’

मधेसीले नै मागे, ‘पहाड मिसाएर तराईमा प्रदेश’

August 14, 2015२५१ पटक

वीरगञ्ज, २९ साउन– हिजो मधेसका जिल्लालाई पहाडसँग जोड्न नहुने भन्दै माग गरिरहेका मधेसी बुद्धिजीवीहरुले पर्सादेखि सप्तरीसम्मत तराई–मधेसका आठ जिल्लाको मात्रै मधेस प्रदेश बनाउने खाकामा प्रमुख राजनीतिक दलहरुले सहमति गरेपछि पहाडसमेत मिसाउनु पर्ने निष्कर्षमा पुग्न थालेका छन् ।
प्रस्तावित दुई नम्बर प्रदेश आर्थिक स्रोतको हिसाबले सबैभन्दा कमजोर हुने भन्दै उनीहरुले यस्तो प्रदेश बनाउन नहुने धारणा राख्न थालेका हुन् । चार दलले ल्याएको सीमांकनको खाका अवैज्ञानिक रहेको नागरिक समाज बाराका अध्यक्ष सुखप्रसाद चौधरीले बताए । ‘अहिले प्रस्तावित दुर्ई नम्बर प्रदेश सबैभन्दा कमजोर देखिन्छ । न यसमा प्राकृतिक स्रोत छन् नत आर्थिक स्रोत आउने कुनै आधार छ’ चौधरीले भने, ‘बरु यस्तै प्रदेश बनाउने हो भने पहाडका पनि केही जिल्ला यसमा मिसाउनु पर्छ । होइन भने यो प्रदेश मुलुककै सबैभन्दा कंगाल हुनेछ ।’
–अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण