गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, शिक्षाऔषधिको फोहरले लिँदैछ ज्यान

औषधिको फोहरले लिँदैछ ज्यान

August 14, 2015५९१ पटक

२९ साउन, झापा । जथाभावी फालिएका औषधिजन्य फोहरले झापाका स्थानीयमा गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहे पनि नियन्त्रण हुन सकेको छैन । फोहरले स्थानीयको ज्यानै लिँदा पनि सरोकारवाला निकाय मौन छन् ।
aausadhi
११ दिनअघि गरामनी-९का गणेशबहादुर भण्डारी औषधिजन्य फोहरकै कारण टिटानस संक्रमणमा परी ज्यान गुमाउन बाध्य भएका हुन् । बिर्तामोडको मध्य भाग हुँदै बग्ने अदुवाखोलामा औषधिजन्य फोहर फ्याँक्ने क्रम वर्षौदेखि जारी रहेको नागरिक दैनिकमा खबर छ ।

त्यो फोहर बग्दै दक्षिण क्षेत्रमा रहेको किसानको खेतसम्म पुग्ने गरेकेा छ । दिनरात खेतमा काम गर्नुपर्ने बाध्यताका किसान यस्तो फोहरकै कारण पटक पटक विरामी हुने गरेका छन् ।

दुई साताअघि घरनजिकको पैनी तरेर खेततिर जाँदै गर्दा भण्डारीको पाइतलामा तिखो वस्तुले घोच्यो । हृवाल्हृवाल्ती रगत आउन थाल्यो । यसअघि अन्य स्थानीयले पनि यस्तै भोगेकाले भण्डारी परिवारलाई समस्या खुट्याउन समय लागेन । सिसाका टुक्रा र प्रयोग गरेर फालिएका सिरिन्जको निडिल स्थानीयलाई पटकपटक विझिसकेका थिए । भण्डारी परिवारले पनि यस्तै शंका गरेर टिटानसको सुई लगाए तर टिटनस भयो र उनको उपचारको क्रममा ज्यान गयो ।

यस्तै समस्या जिल्लाका अन्य ठाउँमा पनि हुने गरेको छ । दमक रतुवाखोलामा बेलडाँगीको भुटानी शरणार्थी शिविरबाट फ्याकिएका फोहर नगरका वडाका किसानको खेतमा पुग्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण