गृहपृष्ठ » मुख्य समाचार, समचारखोलाले बगाएर रोल्पामा एक जनाको मृत्यु

खोलाले बगाएर रोल्पामा एक जनाको मृत्यु

August 14, 2015१९६ पटक

विनोद डाँगी/ श्रवण २९ रोल्पा
खोलामा बगेर रोल्पामा एकजनाको मृत्यु भएको छ । धवाङ ३ गापा, मङ्ग्रेधारा निवासि सेते रोकालाई घर जाने क्रममा धवाङ खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । उनको लास बगेको दोभानदेखि ३ किलोमिटर तल भेटिएको जिल्ला प्रहरि कार्यालय रोल्पाले बताएको छ । मृतक रोका अन्दाजि ४२ बर्षको भएको र उनी घरजग्गाको कर तिर्न लिबाङ आएको बताईएको छ । हल्का मदिरा सेवन गरेको र खोला तर्दा अनियन्त्रित भई बगेको प्रत्यक्ष दर्शिले बताएका छन । साझको समयमा बगेका रोकाको लास हिजो नै फेला परेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल रोल्पा, रेउघामा पठाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारि दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण