गृहपृष्ठ » मनोरञ्जन, स्वास्थ्यकम्लहरी सम्बन्धी चलचित्र निर्माण गरिने

कम्लहरी सम्बन्धी चलचित्र निर्माण गरिने

August 14, 2015३६१ पटक

कम्लहरी सम्बन्धी चलचित्र निर्माण गरिने
दाङ, २९ श्रावण । पश्चिम नेपालका थारु समुदायका छोरीहरुले कम्लहरी प्रथाको रुपमा विगतमा भोग्नु परेका उत्पीडन लगायत दासताबाट मुक्त हुन उनीहरुले गरेको संघर्ष अब पर्दामा उतारिने भएको छ । उत्सर्ग फिल्मस् नेपालको ब्यानरमा कम्लहरी सम्बन्धी चलचित्र निर्माण गरिने संचारकर्मी एवं चलचित्र निर्देशक के.एल.पीडितले बताउनु भएको छ ।
निर्देशक पीडितका अनुसार यो फरक धारको चलचित्र हुनेछ । मानव सभ्यतालाई लज्जित बनाउने कम्लहरी प्रथाको समाजशास्त्रीय विश्लेषण, थारु बालिकाहरुले बाँचेको दासतापूर्ण जीवनको मनोवैज्ञानिक चित्रण, उनीहरुको सपना र आकांक्षाको परिवेश एवं थारु जीवनसंस्कृतिको वहुआयामिक पक्षको उद्घाटन रहनेछ ।
‘वेदना, संघर्ष र मुक्तिको त्रिवेणीको रुपमा यो चलचित्र निर्माण हुनेछ ।’ निर्देशक पीडितले भन्नुभयो ‘यस चलचित्र मार्फत हामी पूर्व कम्लरीहरुको गौरवपूर्ण पुनस्र्थापनाको लागि आवाज उठाउने छौं ।’

चलचित्रमा गेहेन्द्र बस्नेत, केशव नेपाली ‘केशर’, माधव बुढाथोकी र द्रोण देवकोटाका लगानी रहनेछ । चलचित्रमा संगीत संतोष श्रेष्ठ र कथा दुर्गालाल के.सीको रहनेछ । चलचित्रमा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको अभिनय रहने निर्माता गेहेन्द्र बस्नेतले बताउनु भयो । स्थानीय कलाकारहरुको अडिसन लिएर छनौट गरिनेछ र वर्कशप पछि चलचित्रमा संलग्न गराइने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण