गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारदाङ नेपालकै राजधानीका लागि उपयुक्त

दाङ नेपालकै राजधानीका लागि उपयुक्त

August 14, 2015२०९ पटक

-शरद रेग्मी

unnamed6
दाङ, २९ साउन– दाङ नेपालकै राजधानि बनाउने चर्चा चलीरहेका बेला प्रादेशिक राजधानी दाङ बनाउने प्रशस्तै आधार भएको जानकारहरुले बताएका छन् । एसियाकै सबैभन्दा ठूलो उपत्यका दाङ भौगोलिक तथा विभीन्न दृष्टीकोणले पनि उपयूक्त भएकाले प्रादेशीक राजधानि बनाउन दबाब आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा शुक्रवार आयोजना गरेको दाङलाई प्रादेशीक राजधानि बनाउने आधार तथा सरोकारवालाको भुमिका विषयक साक्षात्कारमा सहभागी सरोकारवालाहरुले हाल गरीएको सिमाङकनमा प्रदेश नम्बर ५ को राजधानिका लागी सबै दृष्टिकोणले दाङ उपयुक्त जिल्ला रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद वैदिकले दाङलाई केन्द्र बनाउनका लागी यसअघि नै दलहरुले सहमति गरिसकेको भन्दै अब त्यो निर्णय कार्यान्वयनका लागी दबाब श्रृजना गर्नुपर्ने बताए । उनले अब दाङवासीले प्रादेशिक राजधानीको माग नभई यसअघि दलहरुले गरेका सहमति कार्यान्वयनको माग गर्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागी प्रशस्तै आधारहरु रहेको भन्दै अब दलहरुले गम्भिर भएर सोच्नु पर्ने बताए । उनले सबै दृष्टिकोणले दाङ राजधानीका लागी उपयुुक्त स्थान भएको भन्दै राप्तिलाई अखण्ड राख्दै दाङलाई राजधानी गराउन सबै लाग्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोन्दै बन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा, उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले नीजि क्षेत्रपनि दाङलाई राजधानी तथा अखण्ड राप्तीको मागमा लागेको भन्दै ब्यवसायीहरुले पनि दबाब दिने बताए ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको कार्यक्रममा पूर्व मेयर शंकर आचार्य , तुलसीपुर सरोकार मञ्चका अध्यक्ष गोपीनाथ योगी, समाज सेवि मानबहादुर डाँगी, थारु अगुवा रामजी चौधरी, शरन थारु, महीला अधिकार कर्मी सुष्मा गिरीलगायतले दाङलाई राजधानि बनाउन साझारुपमा दबाबमा लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण