गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यफेसबुकमा महिलालाई लाञ्छना लगाउने स्टाटस लेखेकोमा पक्राउ

फेसबुकमा महिलालाई लाञ्छना लगाउने स्टाटस लेखेकोमा पक्राउ

August 5, 2015३५५ पटक

काठमाडौं, साउन २० – सामाजिक सञ्जाल फेसबुकमा अपुष्ट तथा व्यक्तिगत लाञ्छना लाग्ने खालको सन्देश पोष्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो फेसबुक वालमा महिलाप्रति घृणा र द्वेष फैलाई मानसिक यातना दिने सागर भनिने विष्णुकुमार अधिकारीलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अधिकारीले फेसबुकमा सन्देश पोष्ट गरेर ‘तपाईहरुको के कस्तो राय प्रतिक्रिया छ ?’ भनि प्रतिक्रिया माग गरेका थिए । त्यसको प्रतिक्रिया स्वरुप कमेन्टमा अत्यन्तै अश्लिल वाक्य प्रयोग गरी महिलाप्रति घृणा र द्वेष फैलाउने काम भएको प्रहरीले आरोप लगाएको छ ।
अधिकारीलाई गएको सोमबार काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ । अधिकारी विरुद्ध विद्युतीय कारोबार मुद्दा अन्तर्गत थप कारबाही हुनेछ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण