गृहपृष्ठ » खेलकुद, मुख्य समाचारप्रिमियर लिगमा आज ६ खेल हुने

प्रिमियर लिगमा आज ६ खेल हुने

August 15, 2015२९० पटक

३० साउन, काठमाण्डौ ।।
इग्ङिलस प्रिमियर लिगमा फुटबलमा आज ६ खेल हुने भएका छन् । पहिलो खेलमा साझ साढे ५ बजे साउथह्याम्टनबिरुद्ध एभर्टन मैदानमा उत्रिने छ । यस अघि भएको खेलमा यि दुवै टिमले आ–आफ्नो प्रतिद्वन्द्वीसँग बराबरी खेल्दै एक एक अंक जोडेका थिए ।
आजै राती पौने ८ बजे ५ खेल हुदै छ ।
लिगको पहिलो खेलमा पराजित भएका सन्डरल्याण्ड र नर्विच सिटी प्रतिष्पर्धामा उत्रिने छ ।
त्यस्तै पहिलो खेलमा बराबरी खल्दै एक एक अंक जोडेका स्वेन्सा सिटी र न्युक्यास्टल युनाईटेड पनि यहि समयमा भिड्दै छन् ।
टोटेनह्यामहट्सपरसँग स्टोक सिटीले प्रतिष्पर्धा गर्नेछ । यि दुुवै टिमले पहिला खेल गुमाइसकेका छन् ।
यसैगरी आजै हुने खेलमा पहिलो खेल बराबरी गरेको वाटफोर्डले पहिलो खेल गुमाएको वेस्ट ब्रोमवीच सँग प्रतिष्पर्धा गर्दा लिगको पहिलो खेलमा विजयी भइ तीन तीन अंक जोडेका वेस्ट ह्याम युनाईटेड र लिसेस्टर सिटी खेल्दै छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण