भारत विरुद्धको पहिलो टेष्टमा घरेलु टोली श्रीलंका बीजयी
३० साउन, काठमाण्डौ ।।
रंगना हेरनथको उत्कृष्ट बलिङको मद्धतले भारत विरुद्धको पहिलो टेष्टमा घरेलु टोली श्रीलंका बीजयी भएको छ । गाल्ले अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन खेलमा पाहुना टोली भारतलाई ६३ रनले पारजित गर्दै श्रीलंकाले ३ टेष्टको श्रृखलामा १ सुन्याको अग्रता लिएको हो ।
श्रीलंकाले दिएको १ सय ७६ रनको लक्ष्य पाच्छाएको भारत जम्मा १ सय १२ रनमा समेटियो ।
भारतका लागि अजङ्के राहनेले ३६ रन बनाउनु बाहेक अन्यले सामान्य प्रदर्शन गरे । भारतको पारी ध्वस्त पार्ने क्रममा रंगना हेराथ एक्लैले ७ विकेट लिए । पहिलो इनिङ भारतले शिखर धवनको १ सय ३४ रन तथा कप्तान विराट कोहोलीको १ सय ३ रनको मद्धतले ३ सय ७५ रन बनाएको थियो । श्रीलंकाले पहिलो इनिङमा १ सय ८३ रनको समान्य स्कोर खडा गरेपनि दोस्रो इनिङमा दिनेश चण्डीमलको १ सय ६२ रनको योगदानमा ३ सय ६७ रन बनाएको थियो ।
दोस्रो टेष्ट अगष्ट २० देखि कोलम्बोमा सुरु हुने छ ।