गृहपृष्ठ » अार्थिकएक हप्तादेखि रुकुममा विद्युत अवरुद्ध

एक हप्तादेखि रुकुममा विद्युत अवरुद्ध

August 5, 2015३४३ पटक

रुकुम, साउन २० – एक हप्तादेखि विद्युत सेवा बन्दा हुँदा रुकुमको जनजीवन प्रभावित भएको छ । बाँफीकोट गाविसको भाग्लेमा रहेको स्यार्पुताल साना जल विद्युत आयोजनाको विद्युत उत्पान गृहमा प्राविधिक समस्या भएपनि विद्युत सेवा बन्द भएको छ ।
विद्युत उत्पादन गृहमा रहेका दुई वटा मेसिन मध्ये एउटामा खराबी आएपछि जिल्ला भरीको विद्युत सेवा बन्द भएको रुकुमेली विद्युत उर्जा विकास उपभोक्ता समितिले जनाएको छ । बिग्रिएको मेसिन मर्मत गर्न १५ दिनदेखि महिना दिनसम्म लाग्ने समितिको भनाई छ ।
मेसिन मर्मत नभएसम्म एउटा मेसिनबाट उत्पादीत विद्युत पालैपालो वितरण गर्ने तयारी भएपनि अर्को मेसिन पनि खराब हुने डरले त्यो सम्भव नभएको समितिका अध्यक्ष जोख बहादुर मल्लले बताउनुभयो ।
मेसिन बिग्रिएको हप्ता दिन बितिसक्दा पनि मर्मतका लागि कुनै पहल नभएको भन्दै उपभोक्ताहरु आक्रोसित बनेका छन । २ सय ५० किलोवाट क्षमताको विद्युत आयोजनामा खराबी आएर विद्युत अवरुद्ध भएपछि जिल्ला सदरमुकाम खलंगा सहित विभिन्न ७ गाविसका पाँच हजार उपभोक्ता मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण