गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारकोरीयामा नया समय लागु ।।

कोरीयामा नया समय लागु ।।

August 15, 2015३१० पटक

३० साउन
उत्तर कोरिया नयाँ समय केन्द्रमा प्रवेश गरेको छ । उत्तर कोरियाको समय अब यसअघिको भन्दा ३० मिनेट पछि भएको छ । जापानको उपनिवेशबाट मुक्त भएको दिनको सम्झना गर्दै गयराति राजधानी प्योङयाङमा घण्टी बजेपछि नयाँ समय केन्द्र लागु भएको हो । दोस्रो विश्वयुद्धपछि हालसम्म उत्तर कोरियामा दक्षिण कोरिया र जापानमा प्रचलन रहेको समय चक्र नै प्रयोगमा आएको थियो । जुन जिएमटी भन्दा ९ घण्टा अघि छ । आज बाट उत्तर कोरियामा लागु भएको नयाँ समय केन्द्र जिएमटी भन्दा साढे ८ घण्टा अघि छ ।
अगस्ट ७ मा उत्तर कोरियाले आफ्नो देशको समय परिवर्तन गर्ने निर्णय गरेको थियो ।
यसैबीच दोस्रो विश्व युद्धको अन्त्य भएको ७० वर्ष पुगेको अवसरमा जापान र कोरियामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
सन् १९४५ अगष्ट १५ का दिन जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको अन्तय भएको थियो भने कोरिया पनि सोहि दिन जापानबाट स्वतन्त्र भएको थियो । ३५ वर्ष सम्म जापानको अधिनमा रहेको कोरिया दोस्रो विश्वयुद्धको समाप्तीसँगै स्वतन्त्र भएको थियो ।
स्वतन्तत्रा दिवसको अवसरमा दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति पार्क गेउन हे को उपस्थितीमा विशाल समारोहको आयोजना गरिएको थियो ।
यस्तै जापानको राजधानी टोकियोमा आयोजना गरिएको समारोहमा सम्वोधन गर्दै प्रधानमन्त्री सिन्जो आवेले आजको जापान निर्माण गर्नका लागि पुर्खाहरुले बलिदान दिएको भन्दै उनिहरुको बलिदानीलाई आफुहरुले भुल्न नहुने बताएका छन् । दोस्रो विश्व युद्धको अन्तय हुनु पुर्व चीन र कोरिया दुवै देशलाई जापानले अधिनमा राखेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण