गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारभारतमा आज ६९ औ स्वतन्त्रता दिवस मनाइयो

भारतमा आज ६९ औ स्वतन्त्रता दिवस मनाइयो

August 15, 2015३०७ पटक

३० साउन
भारतमा आज ६९ औ स्वतन्त्रता दिवस मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो पटक लालकिल्लामा राष्ट्रिय झण्डा फहराका छन् । दिवसका अवसरमा आज बिहान राष्ट्रपति प्रणव मुखर्जीले एक सन्देश जारी गर्दै देशमा उत्पन्न बिभिन्न राजनीतिक संकट समाधानका लागि राजनीतिक दलहरु आँफै सक्रिय हुनु पर्नेमा जोड दिएका छन् ।
दिल्लीको लालकिल्लावाट विशेष सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भ्रष्टाचार मुक्त भारत वनाउने घोषणा गरेका छन् । उनले आफ्नो सरकारमाथि भ्रष्टाचारको एउटा पनि आरोप नरहेको भन्दै पुरा भारतलाई भ्रष्टाचारवाट मुक्त गराउने घोषणा गरे । मोदीले जातिवाद र सांप्रदायिक आवेगको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले देश एउटा टिम इन्डियाको रुपमा अघि वढिरहेको भन्दै जनधन योजना, स्वच्छ भारत अभियान र प्रधानमन्त्री सुरक्षा बीमा योजना आफ्नो सरकारको ठुलो उपलब्धि भएको वताए ।
उनले प्रधानमन्त्री जनधन योजना अन्र्तगत १७ करोड जनताले बैक खाता खोलेको र २ लाख स्कुलमा सवा चार लाख शौचालय वनाउने काम भएरहेको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण